• ३१ वैशाख २०८३, बिहिबार

श्रम संस्कृति पार्टीको सचिवमा टीकाराम राई मनोनयन

blog

श्रम संस्कृति पार्टीको सचिवमा मनोनयन हुनुभएका पत्रकार टीकाराम राई ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३० गते । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किरातीको वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहनुभएको छ । 

सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टीका सचिव टीकाराम राईले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले जनजीविकाको सवाललाई सशक्तरूपमा अगाडि बढाउने छ ।