शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
ललितपुर, जेठ १ गते । नेपाली कांग्रेसको अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको एवं संयोजकत्वमा रहेको समितिलाई पुनर्गठन गर्नुभएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण्प्रसाद दुलालका अनुसार समिति सदस्यमा केन्द्रीय सदस्यत्रय धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली चयन हुनुभएको छ ।