• १६ वैशाख २०८३, बुधबार

चाँगुनारायण ट्रेल रन शनिबार

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, वैशाख १६ गते । नेपाल एडभेन्चर रनिङ महासङ्घको आयोजनामा यही शनिबार भक्तपुरमा चाँगुनारायण राष्ट्रिय ट्रेल रन हुने भएको छ ।

प्रतियोगितामा चार विधा समावेश गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जसमा खुला महिला र पुरुष विधामा ३६ किमी, २० वर्ष मुनिका युवा, महिला र पुरुषतर्फ ७ किमी दौड रहेको छ ।

दुई सय ५० भन्दा बढि खेलाडीको सहभागिता रहने यस प्रतियोगितामा ३६ किमीतर्फ विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश: एक लाख, ७५ हजार र ५० हजार रुपियाँ पुरस्कार पाउने छ ।

शीर्ष १० मा रहने खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न २८ लाख ११ रुपियाँ खर्च हुने छ ।

दौड चाँगुनारायण मन्दिरबाट सुरु भई त्रिशुलडाँडा, तेलकोट भन्ज्याङ, श्री पञ्चमहालक्ष्मी मन्दिर, कात्तिके भ्युप्वाइन्ट, नगरकोट भ्युटावर, मुहान पोखरी र पाइपलाइन सडक हुँदै पुन: चाँगुनारायण नगरपालिका भवनमा आएर सम्पन्न हुने छ ।