• १६ वैशाख २०८३, बुधबार

एसियन बिच कबड्डीमा पदक विजेता टोली स्वदेश फर्कियो

blog

स्वागतपछि कबड्डी टोली । तस्बिर : राखेप

काठमाडौँ, वैशाख १६ गते । चीनमा जारी एसियन बिच गेम्स–२०२६ अन्तर्गत महिला बिच कबड्डीमा नेपालले कांस्य पदक विजेता महिला टोली बुधबार स्वदेश फर्किएको छ । 

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (रासस) सदस्य सचिव रामचरित्र मेहता, नेपाल कबड्डी सङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो  । 

चीनको सान्यामा जारी प्रतियोगितामा नेपालले कांस्य पदक जितेको थियो । नेपाल सेमिफाइनलमा श्रीलङ्कासँग ४६–४३ ले पराजित भएको थियो । 

फाइनलमा भारतले श्रीलङ्कालाई ४७–३१ ले हराउँदै स्वर्ण जितेको थियो । श्रीलङ्काले रजत र बङ्गलादेशले पनि कांस्यमा चित्त बुझाएको थियो ।