• १६ वैशाख २०८३, बुधबार

हावाहुरी पीडित परिवारलाई राहत वितरण

blog

हावाहुरी पीडित परिवारलाई राहत वितरण गर्न लहान नगरपालिका वडा २१ क्लाबञ्जर बस्तीमै पुगेका लायन्सक्लवका अगुवा पदाधिकारी सदस्यहरु । तस्बिर : जीवछ यादव

जीवछ यादव 

लहान, वैशाख १६ गते । हावाहुरीबाट पीडित भएका लहान नगरपालिका वडा २१ क्लाबञ्जरका मुसहर समुदायलाई लहानका लायन्स क्लवहरु सामुहिक रुपमा राहत वितरण गरिएको छ। 

लायन्स कलव आफ फूलवारी, लायन्स क्लव अफ सिटी, लायन्स कल्व अफ सनसाइन र लायन्स क्लव अफ बुद्ध मिलेर पीडित भएक पचीस घर परिवारलाई प्रति परिवार चावल तीस किलोग्राम, आलु पाँच किलोग्राम, मटर दुई किलोग्राम, नुन दुई किलोग्राम, खानेतेल एक लिटर, ओछयाउने र विछाउने तन्ना एक पिस र गुन्द्री एक पिस वितरण गरिएको छ । 

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ अन्तर्गतका लहानका चारवटै लायन्स कल्वले विपतमा परेका परिवारहरुलाई सहयोग गर्दै आइरहेको लायन्स क्लव अफ फूलवारीका अध्यक्ष काशिन्द्र प्रसाद यादवले बताउनुभयो । 

गएको वैशाख ५ गते आएको हावाहुरीबाट ४२ घर परिवार रहेको मुसहर समुदायमध्ये २५ घर परिवारको घरमा रहेको जस्तापाता उडाउनुको साथै घरमा रहेको खाने अन्न समेत उडाएर सङकटमा रहेका मुसहर समुदायलाई तत्कालै लहान नगरपालिकाले पहिलो चरणमा खाद्यान्न राहत वितरण गरिएको थियो । 

बेघर भएका दलित मुसहर समुदायको घर निर्माणको लागि आर्थिक सहयोग गरिने प्रतिवद्धता लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी र लहान नगरपालिका वडा नम्बर २१ का  वडाध्यक्ष राजकुमार यादवले गरेका पीडित सुरजा सदायले बताउनुभयो । त्यस बस्तीका मुसहर समुदाय सुकुम्वासी रहेका छन् । वर्षात आउन लागेका पीडित मुसहर समुदायहरुले घर सुरक्षित घर निर्माणको लागि स्थानीय सरकार र सरोकार राख्ने सङघ संस्थाहरुसँग आग्रह गर्दैै आइरहेका छन् ।