पाल्पामा डेङ्गु र स्क्रबटाइफसबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । साउन र भदौ महिनामा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै गएको जिल्लाका अस्पतालहरूले जनाएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
जलस्रोत तथा सिँचाइ विभागको टोलीले रौतहटमा बागमती नदीको स्थलगत अनुगमन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दिगो विकास र समृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य भएको बताउनुभएको छ । उहाँले परम्परागत शिक्षा मात्र पर्याप्त नहुने र श्रम बजारमा प्रतिस्पर्धा गर्न प्राविधिक सिप तथा व्यावहारिक ज्ञान आवश्यक रहेकोमा जोड दिनुभयो ।
भरतपुर अस्पतालले क्याथल्याब सेवा सुरु गरेपछि नेपालमै सबैभन्दा सस्तो उपचार प्रदान गर्दै आएको दाबी गरिएको छ । मुटु, टाउको र शरीरको इन्ट
लगातारको वर्षाका कारण आएको पहिरोले रुकुमपश्चिममा आठ घर भत्किएका छन् भने ४३ घर उच्च जोखिममा रहेका छन् । वर्षाका कारण मुसीकोट नगरपालिका १० मा चार घर र आठबिसकोट नगरपालिका १४ मा चार वटा टहरा भत्किएका छन् ।
पवित्र तीर्थस्थल देवघाट धाममा रहेका वृद्धाश्रमका ‘बा’हरू भने दाता पर्खेर बसेका छन् । जीवनको उत्तरार्धमा पुगेका बा र आमाहरू प्रायः परिवारबाट हेलत्तिएर यहाँ आएका छन् ।
नेकपा (एमाले)का स्थानीय अगुवा नेता कार्यकर्ताहरुले लक्ष्मीपुर पतारी गाउँपालिकामा भइरहेको अनियमितता रोकेर सुशासन कायम गराउन १५ बुँदे माग राख्दै धर्नामा बसेको छ ।
पशुजन्य उत्पादनमा लगानी बढाएपछि बागलुङ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको छ । दूध, अण्डा र मासु उत्पादन पर्याप्त बनाउँदै विदेश निर्यातका लागि बागलुङ सम्भावित क्षेत्र भएकोले घरदैलो गरेर किसानलाई उत्पादन बढाउन पशु प्राविधिकहरुले आग्रह गर्दै आएका छन् ।
नवनारी तिज उत्सव २०८२ मा गायक नारायण थापाले आफ्नो दमदार प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्नु भएको छ। नवनारी म्यागेजिनको आयोजना एवं माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता त
बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् ।
एक दिन उल्लसित तन, उमङ्गित मन र आल्हादित भावनाले भरिएर जीवनको गीत गाउन हिँडेको मात्र के थिएँ, कोही कसैले मलाई नै भने जस्तो गरी फ्याट्ट भनेको सुनेँ, “भाग्यमानीको भुतै कमारो ।” यो कुरा फगत एक अपवाद हो, एक आंशिक सत्य मात्र । किनभने जोकोही जतिसु
तिज नजिकिँदै गएपछि माइतीघरको सम्झना बेजोड आउने रहेछ । तिजको रौनक सहरमा बढ्दै गइरहेको थियो । एकदिन सासूआमाले भन्नुभयो, “यस वर्षको तिजमा तिमीलाई माइतीघर पठाइदिनु है भन्दै हुनुुहन्थ्यो, सम्धिनीले । लिनलाई भाइ पठाइदिन्छु भन्नुहुन्थ्यो तर हाम्रा त चेलीबेटी धेरै छन् । मिल्दैन नि !”
उर्मिला मेरी माइली दिदी । दिदीको परिवारले खोटाङ जान स्कोर्पियो व्यवस्था गर्नुभएको रहेछ ।
पिताजीले सन् १९७० को अन्त्यबाट सन् १९८० को मध्यसम्म आप्रवासी कामदारका रूपमा मध्यपूर्वी एसियामा चर्को घाम अनि मरुभूमिको तातोमा कठिनाइ झेल्दै निर्माण क्षेत्रमा मजदुरका रूपमा काम गर्नुभयो । जस्तोसुकै कठिनाइ भोग्नु परे पनि उहाँले कहिल्यै दुःख देखाउनुभएन ।