दोलखाको मेलुङ गाउँपालिका–६ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ ।
एघार महिनामा काम सम्पन्न गर्ने गरी निर्माण थालिएको बागलुङ नगरपालिकाको नारायणस्थान स्वास्थ्य चौकीको भवन दुई पटक म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको छैन । हालसम्म निर्माणमा ६५ प्रतिशत प्रगति भएको छ । भवन निर्माणको काम तोकिएको समयमा नसकिँदा तीन दशकअघि बनेको जीर्ण भवनबाटै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ । २०८० वैशाखमा ११ महिनाभित्र भवन निर्माण सक्ने गरी सम्झौता गरेको डी एन्ड जी प्रसाद संयुक्त ठेकेदार कम्पनीले दुई पटक म्याग्द थप्दा पनि काम सकेको छैन । बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले भन्नुभयो, “भवन अहिलेसम्म ६५ प्रतिशत मात्र पूरा भएको छ । बाहिरी ढलान भए पनि भित्री काम धेरै बाँकी नै छ ।”
व्यास नगरपालिका दुम्सीस्थित शिवालय गौसंरक्षण केन्द्र पर्यावरण संरक्षण र जैविक विविधताको उत्कृष्ट उदाहरण बनेको छ । नगरपालिकाले सक्रियता देखाएपछि विगतमा हराउँदै गएका प्रकृतिका कुचीकार गिद्धहरू बथानसहित यहाँ फर्किन थालेका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थाली गाउँका जैधन रावलका छोरा विजय रावल दस वर्षपछि सकुशल फेला परेका छन् ।
आज भूकम्पपीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस हो । यो दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ आज पहिलोपटक मनाइँदै छ ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले १८ वर्षमुनिका बालबालिका तथा किशोर–किशोरीलाई भेप, हुक्का तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार बनाएको एक महिना पूरा भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आमनागरिकमा सुशासनसहितको आशा जगाउने काम सुरु गरेको छ । शासकीय सुधार, जनमुखी र जवाफदेही राज्यप्रणाली बनाउने सङ्कल्प पनि गरेको छ । देशको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची एवं सुशासनको मार्गचित्र बनाएर कार्यान्वयन अघि बढाइएको छ । शासकीय सुधार, सुशासन, भ्रष्टाचार
बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १२४ पूर्वाधार विकास आयोजना कार्यान्वयनको चरणमा पुर्याएको छ । आर्थिक वर्ष २०८२–८३ का लागि विनियोजित १७१ पूर्वाधार विकास आयोजनामध्ये हालसम्म १२४ आयोजना सम्झौता भई कार्यान्वयनमा गएका हुन् ।
कुनै व्यक्ति, संस्था, सङ्गठन आदिमा निहित विशेष किसिमको अधिकार अर्थात् खास समय, परिस्थिति वा काममा प्रयोग गरिने विशिष्ट प्रकृतिको नियमलाई सामान्यतः विशेषाधिकार भनिन्छ । यो व्यवहारमा प्रयोग गरिने विशेष प्रकारको अधिकारको संरक्षण गर्ने कानुनी वा नीतिगत विषयमा आधारित हुन्छ; जसले केही पदाधिकारी वा व्यक्तिलाई यस्तो सुविधा संविधान तथा कानुनी हैसियतबाटै प्रदान गरेको हुन्छ । नेपालको सन्दर्भमा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को दफा १६ ले राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो पदीय हैसियतले सम्पादन गरेका कामकारबाहीको विषय
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
एसइई दिएर बसेका धेरै विद्यार्थीका लागि ‘अब के पढ्ने ?’ भन्ने प्रश्नले पछ्याइरहेको हुन्छ । छोटो समयमा सिप सिकेर आफ्नो व्यक्तिगत, घरपरिवार, समाजसँगै देशको समृद्धिका लागि केही गर्नु छ भन्ने चाहना छ ? छ भने अब तपाईंहरूका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा रोज्नु नै उत्तम विकल्प हुने छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयले परिषद् अन्तर्गत सञ्चालन हुने प्री डिप्लोमा
लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस ९न्क्ष्क्० सबस्टेशन निर्माणका लागि आवश्यक जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला–लमही सडकखण्डको स्तरोन्नति गर्ने काम आज (बुधबार)देखि सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को लगानीमा आजदेखि सडकको स्तरोन्नति गर्ने काम सुरु हुन थालेको हो ।
टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुईदिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले चर्को आवाज निकाल्दै ट्राफिक नियम उल्लङ्घन गर्ने तीन मोटरसाइकल नियन्त्रणमा लिएको छ ।