• २८ फागुन २०८२, बिहिबार

कांग्रेस सभापति थापालाई राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिको आग्रह

blog

ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरू

काठमाडौँ, फागुन २८ गते । नेपाली कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा नदिन आग्रह गर्नुभएको छ ।

बिहीबार जारी संयुक्त प्रेस विज्ञप्तिमा ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताउनुभएको हो ।

ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, र महाङ्काल गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन रहनुभएको छ।

त्यस्तै, महाङ्कालका अध्यक्ष गणेशबहादुर केसी, गोदावरीकी उप–प्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गर्नुभएको छ।