बाँकेको खजुरा र जानकी गाउँपालिकामा निर्माणाधीन ३३ केभी प्रसारण/डिस्ट्रिब्युसन लाइन तथा सबस्टेशन परियोजनालाई तीव्रता दिन सरोकारवालाबिच समस्या पहिचान गरी समाधान गर्ने सहमति भएको छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका छ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यो समुदायको संसद्मा आधिकारिक प्रतिनिधित्वका रूपमा सुनीलबाबु पन्त संविधान सभा सदस्य बन्नुभएको थियो । त्यसपछि प्रतिनिधित्व सुनिश्चित नभएको भन्दै पार्टी नै दर्ता गरेर उम्मेदवारी दिइएको हो ।
लहान नगरपालिकाका सामुदायिक विद्यालयहरूमा सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित कार्यमा विपद् न्यूनीकरण गर्ने उद्देश्यले शिक्षक र विद्यार्थीबिच एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
दैलेखमा प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार दुई स्वतन्त्रसहित १८ जनाले मनोनयन दर्ता गराएका छन् । त्यसमा अधिकांश पुरानै अनुहार रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख र निर्वाचन अधिकृतको कार्यालय दुल्लुमा गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनको बहानामा विकासनिर्माणका काममा ढिलासुस्ती नगर्न कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्देशन दिनुभएको हो । उहाँले कर्णाली प्रदेश सरकार अन्तर्गतका मन्त्रालयको बुधबारदेखि सुरु भएको अर्धवार्षिक समीक्षामा बोल्दै निर्वाचन आचारसंहिताले नियमित काम गर्न नरोक्ने हुँदा निर्वाचनको बहाना बनाएर विकासनिर्माण र सेवा प्रवाहका काम नरोक्न निर्देशन दिनुभएको हो ।
जिल्ला प्रशासन कार्यालय मलङ्गवा सर्लाहीले राजनीतिक दल तथा दल निकट भातृ सङ्गठनहरुलाई राजनीतिक सभा, सम्मेलनलगायतका कार्यक्रम आयोजना गर्दा कार्यालयबाट अनुमति लिन भनेको छ ।
राष्ट्रिय सूचना आयोगले सूचनाको हक कार्यान्वयन नगर्ने सरकारी कार्यालयलाई सङ्घीय सरकारबाट प्रदान गरिने अुनदानमा रोक लगाउन अर्थ मन्त्रालयलाई आग्रह गर्ने तयारी गरेको छ ।
दुई दशक अघिसम्म पोखराको चाइनापुल छेउछाउ सेती किनारका धाँजा र गहिरा खोंचमा फोहोर फालिन्थ्यो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रवेशद्वारका रूपमा रहेको भेरी पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । पुल बनेको ४५ वर्ष पुग्यो । यसको आयु ५० देखि ६५ वर्षको हो । गुणस्तर तथा गाडी गुड्ने क्षमतालगायतका हिसाबले पुलको आयु घटिरहेको छ तर पुलको पुनर्निर्माण हुन सकेको छैन ।
कञ्चनपुरको वेदकोट नगरपालिका–५, धर्मपुरकी ४० वर्षीय शारदा उपाध्यायले यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई पटक मत खसाल्नुभएको थियो । निर्वाचनपूर्व नेताहरूले विभिन्न आश्वासन दिए पनि पूरा नगर्दा विश्वास नै लाग्न छोडेको उहाँ बताउनुहुन्छ । महिलालाई रोजगारीका अवसर प्रदान गर्ने, महिलालाई सबै क्षेत्रमा समान हक स्थापित गर्नेलगायतका आश्वासन दिएर उम्मेदवारले मत मागे पनि निर्वाचित भएपछि भने वास्ता नै नगरिँदा निराशा छाएको उहाँले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कालीकोटमा जनयुद्धका सहयात्री प्रतिस्पर्धामा उत्रिएका छन् । १० बर्से सशस्त्र द्वन्द्वमा सैन्य कमान्ड समालेका महेन्द्रबहादुर शाही र जीवन बुढा चुनावी मैदानमा देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई टिकट दिएपछि बुढाले बागी उम्मेदवारी दिनुभएको हो ।
निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलले जोड दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आर्थिक रूपमा बढी खर्चिलो र भड्किलो हुँदै गएकाप्रति चिन्ता व्यक्त गर्दै खर्चलाई मितव्ययी बनाउन र आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो ।
कोशी प्रदेशमा नै झापा जिल्ला पछिल्लो समय साहित्यिक गतिविधिमा अग्रणी बन्दै गएको छ । अझ महिला साहित्यकारहरुको जुझारु र सक्रिय उपस्थिति पछिल्लो समय झापामा बढ्दै गएको देखिन्छ ।