गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २२ गते । कलाकार तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दसैँमा नयाँ चलचित्र निर्माण गर्ने घोषणा गर्नुभएको छ । हाल ‘छक्कापन्जा कमेडी टुर’ का लागि अमेरिकामा रहेका गिरीले सामाजिक सञ्जालमार्फत उक्त घोषणा गर्नुभएको हो ।
“देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दसैँमा सोचे जस्तो पक्कै भएन होला ! हामीले पनि यो वर्ष चलचित्र ल्याउन सकेनौँ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “तैपनि दसैँमा प्रदर्शन भएका नेपाली चलचित्रलाई दिनुभएको मायाका लागि धेरै धेरै धन्यवाद ! अर्को वर्ष दसैँमा भेटौँला ।”
दसैँमा दीपकको चलचित्र प्रदर्शन नहुँदा दसैँ नै खल्लो महसुस भएको भन्दै सामाजिक सञ्जालमा उहाँका फ्यानले टिप्पणी गरेपछि गिरीले अर्को दसैँमा नयाँ चलचित्र प्रदर्शनमा ल्याउने घोषणा गर्नुभएको हो ।