• २३ असोज २०८२, बिहिबार

सूर्यज्योतिको एक करोड पचास लाख सहयोग

blog

अर्थमन्त्री रामेश्वर खनाललाई सहयोग हस्तान्तरण गर्नुहुँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री ।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २२ गते ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पूनर्निर्माण कोषमा एक करोड ५० लाख रुपियाँ सहयोग गरेको छ । मङ्गलबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको हो । 

सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षति भएका सार्वजनिक भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायतका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरी सबैलाई यसमा सहयोग गर्न आह्वान गरेको थियो । सरकारले आह्वान गरे अनुसार राष्ट्र पुनर्निर्माणको महान् अभियानमा सहभागी हुन कम्पनीले आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।