कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराउँदै समूह बी बाट सुपर सिक्समा स्थान बनाएको हो ।
पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ । टाइगर ग्रुप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो ।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति प्राप्त निजी हातहतियार बुझाउन आग्रह गरेको छ ।
अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेन्डस इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ ।
पाँचथर प्रहरीले एउटा सार्वजनिक बसबाट नेपालमा बिक्रीका लागि प्रतिवन्ध लगाइएको सिक्किम मदिरासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हातहतियार बुझाउन अनुरोध गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ ।
काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ ।
तनहुँमा उम्मेदवारी दर्ताका क्रममा मुख्य राजनीतिक दलका साथै साना दल र स्वतन्त्र उम्मेदवारको उत्साह देखिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुई निर्वाचन क्षेत्रमा गरी २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाका ३ सिराडीका रणबहादुर बोहराले टमाटर खेतीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कृषि मेला तथा प्रदर्शनी भएको छ । “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा” भन्ने नारासहित आयोजित मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका कृषि बाली र पशु उपजका ५९ प्रकारका उत्पादनको प्रदर्शनी गरिएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लिएर दाङको राजनीतिक माहोल तातेको छ । यस पटकको निर्वाचनमा अनुभवी तथा ‘हेभिवेट’ नेतादेखि पहिलो पटक चुनावी मैदानमा उत्रिएका नयाँ अनुहारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दाङका तीन वटै निर्वाचन क्षेत्रमा १५ स्वतन्त्रसहित कुल ५० जनाले उम्मेदवारी दिएका छन् ।
प्युठानमा २०७० सालको संविधान सभा निर्वाचनपछि जिल्लाका सबै राजनीतिक दल एक्लाएक्लै निर्वाचन लड्न थालेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा दलहरू एक्लै प्रतिस्पर्धामा उत्रिएका हुन् । २०७० सालको संविधान सभा निर्वाचनमा सबै राजनीतिक दल एक्लै चुनाव लडेका थिए । उक्त निर्वाचनमा नेकपा (एमाले) बाट वामदेव गौतम र हिराबहादुर केसी विजयी हुनुभएको थियो ।
महोत्तरीका केही पुराना नेताले ह्याट्रिक गर्ने दाउमा मङ्गलबार उम्मेदवारी दर्ता गराएका छन् । यहाँका चार वटै निर्वाचन क्षेत्रमा गरी १४३ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये २० जना महिला तथा १२३ जना पुरुष रहेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको अन्तिम नामावलीले देखाएको छ ।