जिल्लाका अधिकांश निजी फर्महरूले रासायनिक मल बिक्रीसम्बन्धी अभिलेख नराखेको पाइएको छ । कृषि ज्ञान केन्द्र झापाको अगुवाइमा मङ्गलबार गरिएको अनुगमनमा यस्तो समस्या देखिएपछि सम्बन्धित फर्महरूलाई मापदण्डअनुसार विवरण राख्न र प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल जारी गर्न निर्देशन दिइएको छ ।
गुल्मीमा चैते धान रोप्ने क्षेत्रफल प्रत्येक वर्ष घट्दै गएको छ। कृषि ज्ञान केन्द्र गुल्मीको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस जिल्लामा चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको पाइएको हो।
बाजुरा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा जीपीएस जडान गर्ने कार्य सुरु गरिएको छ ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा अधिकांश बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
१. प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को उपाधि विजेता टोली कुन हो ? त्रिभुवन आर्मी क्लब – त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराउँदै अपराजित यात्राका साथ तेस्रो पटक प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको उपाधि चुमेको । २. सशस्त्र प्रहरी बल, नेपाल
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोग उपचार सेवा सुरु भएको छ । प्रतिष्ठानमा फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेती आएपछि उक्त सेवा सुरु भएको हो ।
बसाइँसराइको प्रभाव विकासमा १. ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा हुने बसाइँसराइका कारण उल्लेख गर्दै नेपालमा यस प्रकारको बसाइँसराइको प्रवृत्ति विश्लेषण गर्नुहोस् । यसले ग्रामीण क्षेत्रको आर्थिक सामाजिक विकासमा पार्ने प्रभाव चर्चा गर्नुहोस् । ग्रामीण क्षेत्र भन्नाले विकासका पूर्वाधार अपेक्षाकृत रूपमा कम विकास भएका, रोजगारीका अवसर न्यून रहेका तथा परम्परागत कृषि एवं वनपैदावारमा आधारित जीवनशैली अपनाउने मानिसको बसोबास रहेको भौगोलिक क्षेत्रलाई जनाउँ
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा सडक सुरक्षाको काम सुरु गरिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
परम्परागत लोकभजन संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले तम्घासका युवा सक्रिय देखिएका छन् । स्थानीय १८ जना युवाले स्वःस्फूर्त ‘रेसुङ्गा भजन साँझ’ गरिरहेका छन् । पहिलो चरणमा नगरभित्रका सबै प्रसिद्ध धार्मिक स्थलमा पुगेर भजन गाउने र बिस्तारै जिल्लाभर विस्तार गर्ने अभियन्ता निशेष श्रेष्ठले बताउनुभयो ।
ताप्लेजुङमा निःशुल्क आँखा परीक्षण तथा मोतिबिन्दु शल्यक्रिया सेवा सहितको विशेष आँखा शिविर सञ्चालन हुने भएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिकाअन्तर्गत आँधीखोला किनार क्षेत्रमा कृषकले लगाएको तरबुजा नपाक्दै चोरी हुन थालेपछि कृषक चिन्तित बनेका छन् ।
स्वयम्भू महोत्सवको मुख्य आकर्षण एकदिने कला प्रदर्शनी बनेको छ । बिजेश्वरी माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा नेपाली कला र संस्कृति प्रदर्शनी मात्र नभई युवा र स्थापित कलाकारबिचको संवाद पनि गरिएको थियो । सो कार्यक्रममा विद्यार्थीले बनाएका चित्र, रेखाचित्र, बुकमार्क र अन्य कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘हाम्रो साहस, हाम्रो कला’ शीर्षकमा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । लैङ्गिक हिंसा र असमानता निम्त्याउने दाइजो प्रथा, बालविवाहको चुनौतीलाई चिर्न कलामार्फत जागरण फैलाउन सकिने सन्देश उक्त प्रदर्शनीले दिन्छ ।
नयाँ शैक्षिक सत्र २०८३ सुरु भएसँगै बैतडीका विभिन्न सामुदायिक विद्यालयहरूले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो कार्यक्रम सुरु गरेका छन् ।