मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते हुनुभएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुका महिलालाई उद्घोषण तालिम प्रदान गरिएको छ ।
इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्तामाथि एसिड आक्रमण जस्ता हिंसात्मक घटना बढ्दै गएको देखिएको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका पक्की तथा कच्ची घर, टहरा, भकारी र झुप्रोहरू हटाउन आइतबार बिहान ६ बजेदेखि सुरक्षाकर्मी परिचालन गरी अभियान सुरु गरेको छ ।
जापानमा मूल्यवृद्धिका कारण ‘भेन्डिङ मेसिन’ बाट बिक्री हुने पेय पदार्थको माग घट्दै गएको छ, जसले देशको लामो समयदेखि चलिआएको भेन्डिङ मेसिन संस्कृतिमा परिवर्तन ल्याइरहेको छ । जापानमा भेन्डिङ मेसिन अत्यन्तै सामान्य छन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको वाहिनीपति ट्रफी प्रतियोगिता २०८३ भव्य रूपमा सम्पन्न भएको छ ।
नेपाली कांग्रेसले देशव्यापी रूपमा सुरु गरेको जरा अभियान सुनसरी क्षेत्र नं.१ मा सुरु भएको छ ।
कोलम्बियाको काउका विभागस्थित काजिबियो नगरपालिकामा शनिबार भएको बम आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ भने बीसभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिक–४, हुडिफाँटमा निर्माधिन १५ शय्याको आधारभुत अस्पताल निर्माणको काम सम्पन्न भएको छ ।
सिक्टा सिँचाइ अन्तर्गत पश्चिमी मूल नहरको अधिकांश क्षेत्रमा वन क्षेत्र रहेको छ । जहाँ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित गरिएको चक्ला वन क्षेत्र पर्दछन् ।
वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका यात्रुको उद्धार गरिएको छ ।
इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ती आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन् ।
पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आएको छ । स्वास्थ्य संस्थाहरूमा उपचाररत दुई जना बिरामी निको भएर डिस्चार्ज भएसँगै सङ्क्रमितको संख्या शून्यमा झरेको हो ।
भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो ।
रूपन्देहीको बुटवल उपमहानगरपालिकाले घर–टहरा तत्काल हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ संरचना हटाउन सुरु गरेका छन् ।