दुई दशक अघिसम्म पोखराको चाइनापुल छेउछाउ सेती किनारका धाँजा र गहिरा खोंचमा फोहोर फालिन्थ्यो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर प्रवेशद्वारका रूपमा रहेको भेरी पुल दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । पुल बनेको ४५ वर्ष पुग्यो । यसको आयु ५० देखि ६५ वर्षको हो । गुणस्तर तथा गाडी गुड्ने क्षमतालगायतका हिसाबले पुलको आयु घटिरहेको छ तर पुलको पुनर्निर्माण हुन सकेको छैन ।
कञ्चनपुरको वेदकोट नगरपालिका–५, धर्मपुरकी ४० वर्षीय शारदा उपाध्यायले यसअघिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई पटक मत खसाल्नुभएको थियो । निर्वाचनपूर्व नेताहरूले विभिन्न आश्वासन दिए पनि पूरा नगर्दा विश्वास नै लाग्न छोडेको उहाँ बताउनुहुन्छ । महिलालाई रोजगारीका अवसर प्रदान गर्ने, महिलालाई सबै क्षेत्रमा समान हक स्थापित गर्नेलगायतका आश्वासन दिएर उम्मेदवारले मत मागे पनि निर्वाचित भएपछि भने वास्ता नै नगरिँदा निराशा छाएको उहाँले बताउनुभयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कालीकोटमा जनयुद्धका सहयात्री प्रतिस्पर्धामा उत्रिएका छन् । १० बर्से सशस्त्र द्वन्द्वमा सैन्य कमान्ड समालेका महेन्द्रबहादुर शाही र जीवन बुढा चुनावी मैदानमा देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई टिकट दिएपछि बुढाले बागी उम्मेदवारी दिनुभएको हो ।
निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलले जोड दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका जिल्लाका राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन आर्थिक रूपमा बढी खर्चिलो र भड्किलो हुँदै गएकाप्रति चिन्ता व्यक्त गर्दै खर्चलाई मितव्ययी बनाउन र आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत ऊनी कपडा बुन्ने घरेलु उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।
लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ । पोखरास्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी कटान नियन्त्रणको काम थालेको हो ।
कोशी प्रदेशमा नै झापा जिल्ला पछिल्लो समय साहित्यिक गतिविधिमा अग्रणी बन्दै गएको छ । अझ महिला साहित्यकारहरुको जुझारु र सक्रिय उपस्थिति पछिल्लो समय झापामा बढ्दै गएको देखिन्छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित सुरक्षाका लागि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर म्याग्दीमा चुनाव लड्न आउनुभएका डा.महावीर पुन जिल्लाको ग्रामीण वस्तीमा पुगेका किताब बिक्री गर्दै मतदातासँग भेटघाट थाल्नुभएको छ ।
बुधबार एक औपचारिक कार्यक्रमबीच मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले केन्द्रलाई रु दुई करोड २० लाख २१ हजार ८६० बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गर्नुभयो ।
रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्न माग गर्दै आएको उजुरी दर्ता गर्न नमिल्ने भन्दै दरपिठ गरिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले पढ्ने, पढाउने, सिक्ने र सिकाउने पद्धती तथा शैली बदल्न सकेमा शैक्षिक गुणस्तर सुधार हुने जीवन उपयोगी शिक्षा दिन सकिने र समय सुहाउँदो जनशक्ति उत्पादन गर्न सकिने बताउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा