व्यास नगरपालिकाले भाषा र साहित्यको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै व्यास नगर प्रज्ञा प्रतिष्ठान गठन गरी विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ४२ पैसा र बिक्रीदर १४७ रुपियाँ २ पैसा निर्धारण गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ ।
प्रदूषित सुक्खा चिसो छिचोल्दै नेपालमा पानी पार्ने बादल भित्रिने तर्खर गरेको छ । सुक्खा खडेरी र वायुप्रदूषणले यतिखेर नेपाल ग्रस्त रहेका बेला वर्षा हुने बादल नेपाल आउन थालेको हो । मौसमविद् डेविड ढकालले भन्नुभयो, “शुक्रबारदेखि बलियो प्रणाली नेपाल आउन लागेको हो, त्यसले पश्चिमका अधिकांश भूभागमा वर्षा गराउने सम्भावना छ भने अन्यत्रको अवस्था हामी विश्लेषण गर्दै छौँ ।”
गण्डकी विश्वविद्यालयका उपकुलपतिमा सहप्राध्यापक डा कृष्णराज अधिकारीले बुधबार पदभार ग्रहण गर्नुभएको छ ।
बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गाउँनजिक आफ्नो खेतबारीमा तोरी काटिरहेको समयमा चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका ११ बेलभारकी करिब ५५ वर्षीय खिदनी थारूको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ ।
राप्ती राजमार्ग अन्तर्गत सल्यान–दाङ सडक बिहीबारदेखि १८ दिन बन्द हुने भएको छ।
यहाँको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङमा पाँचजना उम्मेदवार एउटै पालिका (स्थानीय तह) का रहेका छन्।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ ।
प्रेस काउन्सिल नेपालले निर्वाचनका सन्दर्भमा कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, एकपक्षीय प्रचारप्रसारलाई प्रश्रय दिँदै प्रचारप्रसार नगर्न आग्रह गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका –४ क्षेत्रबाट लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रासँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ।