अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् ।
घर नभएका विपन्न चेपाङ समुदायका लागि चितवनको इच्छाकामना गाउँपालिकाले आवास सुविधा प्रदान गर्न थालेको छ । आर्थिक रूपमा कमजोर यस समुदायको सङ्ख्या धेरै रहेको इच्छाकामना गाउँपालिकामा अहिलेसम्म ८० वटा घर निर्माण भइसकेका छन् ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–३ निवासी २२ वर्षीय कृष्ण विकको प्रहरी हिरासतमा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै पाँचथरमा दलित अधिकारकर्मी तथा विभिन्न संघ–संस्थाले निष्पक्ष छानबिनको माग गरेका छन् ।
हवाई यात्रुलाई विमानस्थलसम्म आवत–जावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्जस्थित राँझा विमानस्थलबाट मङ्गलबारदेखि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याइएको छ ।
सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा आधुनिक ढल व्यवस्थापन आयोजना तीव्र गतिमा अघि बढिरहेको छ । खाँदबारी ढल व्यवस्थापन आयोजनाअन्तर्गत हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।
गुल्मीको मालिका गाउँपालिकाको कार्यालयबाट करदातासम्बन्धी सेवा विस्तारको कार्य सुरुवात भएको छ । मालिका गाउँपालिका उपप्रमुख उपेन्द्र अर्याल र प्रमुख प्रशासकिय अधिकृत विवेक खनालले सेवा शुभारम्भ गर्नुभयो ।
अर्थ मन्त्रालयका सहसचिव टङ्कप्रसाद पाण्डेयले आगामी वर्ष बजेटको आकार बढाउन सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
आज (मङ्गलबार) देखि गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल सुरु गरिएको छ। राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तर्गत ’समयमै पहिचान, सहि उपचारः कुपोषण मुक्त पुस्ताको आधार’ भन्ने मुख्य नारासहित स्वास्थ्यकर्मी मार्फत कुपोषित बालबालिका खोजपड्ताल सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरीक्षक ताराबहादुर कार्कीले जानकारी दिनुभयो।
साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको जेनजी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।
बाँकेको कोहलपुर नगरपालिकाले वडावासीका लागि विभिन्न रोगको पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
बागलुङ नगरपालिका–१४, नारायणस्थान स्वास्थ्य चौकीको भवन ११ महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको भए पनि दुई पटक म्याद थपिँदा समेत हालसम्म केवल ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
भिटामिन ‘ए’ मानव शरीरका लागि अत्यावश्यक हुन्छ । भिटामिन ‘ए’ ले विशेष गरी आँखाको दृष्टि कायम राख्न, छाला तथा आँखाको सतह (रेटिना) स्वस्थ राख्न, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र शारीरिक वृद्धिविकासमा सहयोग गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
नेपाल विश्वकै प्राकृतिक सौन्दर्यको अलौकिक खानी भएको मुलुक हो । यसै कारणले नेपाललाई संसारभरि पर्यटनको मुख्य आकर्षणको केन्द्र मानिन्छ । मेचीदेखि महाकालीसम्म र तराईदेखि हिमालसम्म फैलिएको हाम्रो देशमा अनेकौँ अद्वितीय स्थल छन् । तीमध्ये मुस्ताङ पनि हो । सुन झैँ चम्किरहेका हिउँचुली, गौरवसहित चारै दिशाबाट घेरिएका हराभरा र खैरा पहाड, मिठो गीत गुनगुनाउँदै बगिरहेको नदी मुस्ताङको सम्पत्ति हो । जीवनको मोहबाट मुक्तिको अनुभव पाउने एक मात्र मार्ग जस्तो लाग्छ– मुस्ताङ । यो ठाउँ नेपालको प्राकृतिक, धार्मिक र ऐतिहासिक रूपमा अत्यन्तै महत्वपूर्ण स्थान हो ।
बाँकेका दुई चक्ला वनसहित १४ वटा सामुदायिक वनमा डढेलो लाग्दा करिब चार हजार पाँच सय हेक्टर वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ ।