नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीमा दुई देशका छ वटा सहरको डम्पिङसाइटको फोहोर सिधै थुप्रन थालेको छ । नदीमा प्लास्टिक, अलमुनियम र सिसाजन्य फोहोरसमेत फाल्ने गरिएको छ । नदीमा भारततर्फको धारचुलादेखि बनवासा र टनकपुरको सहरी फोहोर र नेपालको दार्चुला, बैतडीदेखि कञ्चनपुरसम्मको फोहोर महाकाली नदीमै मिसिने गरेको छ । फोहोरका कारण पवित्र नदीको पारिस्थितिक प्रणाली र तटीय क्षेत्रका बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको एक अध्ययनले देखाएको छ । यति मात्रै होइन, महाकालीमा पाइने ‘गोल्डेन महाशिर’ प्रजातिको माछाको जीवनचक्र सङ्कटमा परेको छ । महाकालीमा फुल पारेर भुरा हुर्काउने वयस्क ‘गोल्डेन महाशिर’ को तौल ५० किलोसम्म हुने गरेको छ ।
बाजुराको पर्यटकीय स्थलका रूपमा रहेको रानीसैन पछिल्लो समय यहाँका बेरोजगार युवाको रोजगारीको माध्यम बनेको छ । रानीसैन अत्यन्तै आकर्षक तथा मनमोहक ठाउँ भएकाले त्यहाँ पुग्नका लागि पनि सहज बाटो नबन्दा गुमनाम जस्तै रहँदै आएको थियो । हिमाली गाउँपालिकाले यसको संरक्षण तथा प्रवर्धनलाई प्राथमिकतामा राखेर बाटो बनाइदिएपछि धेरै बेरोजगार युवाका लागि रोजगारीको अवसर सिर्जना भएको छ ।
सर्लाहीको सर्पदंश उपचार केन्द्र, नवलपुरमा आइसियू र भेन्टिलेटर उपकरण विगत छ वर्षदेखि प्रयोगविहीन अवस्थामा थन्किएको छ ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति दार्चुलाले यहाँका थप डेढ सय अव्यवस्थित बसोवासी, भूमिहीन र सुकुमवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ । जिल्लाको लेकम गाउँपालिकामा पालिकास्तरीय भूमि समस्या समाधान सहजीकरण समितिको बैठकबाट कानुन अनुसार जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी भइरहेको लेकम गाउँपालिका अध्यक्ष तथा पालिकास्तरीय सहजीकरण समिति प्रमुख रामदत्त जोशीले जानकारी दिनुभयो ।
दैलेखको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चकोशी क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले नाभिस्थानमा धार्मिक पर्यटन मेला सञ्चालन गरिएको छ । ओझेलमा परेको धार्मिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्यसहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन एकीकृत नीति ल्याउने भनेको चार वर्ष बित्यो । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ असार ७ गते सरोकारवाला र विज्ञसँग छलफल गरी तत्कालै राउटे संरक्षणका लागि नीति बनाइने बताउनुभएको थियो । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लियो तर अहिलेसम्म उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
जुम्लाको चन्दननाथ नगरपालिकामा ‘क्षयरोगमुक्त पालिका’ अभियान अन्तर्गत पहिलो पटक कृत्रिम बृद्धिमता (एआई) प्रविधिको प्रयोग गरी क्षयरोगको पहिचान शिविर सञ्चालन भएको छ । स्वास्थ्य सेवामा आधुनिक प्रविधिको प्रयोगमार्फत रोग पहिचानलाई छिटो, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
हुम्लाका दुई गाउँपालिकाका दुई वटा वडाका स्थानीय नागरिकताको सिफारिस लिन छदेखि १२ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ । ताजाकोट गाउँपालिका–३ को मासपुर र सर्केगाड गाउँपालिका–१, तुम्च गाउँका बासिन्दा नागरिकताको सिफारिस लिन १२ घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको हो ।
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको गजेन्द्रमोक्ष धाममा व्यवस्थित सिँढी र तटबन्ध निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ ।
वर्तमान आर्थिक सूचक सकारात्मक देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको अवस्थामा दिगो आर्थिक सुधारका लागि संरचनागत कदम चाल्नुपर्नेमा जोड दिएको छ । नेपाल राष्ट्र बैङ्क सोमबारदेखि ७१ औँ वर्षमा प्रवेश गरेका अवसरमा आयोजित समारोहमा पूर्वगभर्नर डा. युवराज खतिवडाले अर्थतन्त्रका बाह्य सूचक सामान्य देखिए पनि वास्तविक क्षेत्र कमजोर रहेको उल्लेख गर्नुभयो ।
अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले वस्तुमा अधिकतम खुद्रा मूल्य सूचीसहितको स्टिकर टाँस्ने कुरा व्यावहारिक नभएको तर्क गरेको छ । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र नाडाका प्रतिनिधिबिच सोमबार भएको छलफलमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीसाधनको हकमा यो व्यवस्था कार्यान्वयन गर्न समस्या नभए पनि एउटै बाकसभित्र सयौँको सङ्ख्यामा आउने स्पेयर पार्टस्मा छुट्टाछुट्टै स्टिकर टाँस्न सम्भव नहुने तर्क गरिएको हो ।
ग्रामीण भेगबाट सुविधा खोज्दै सहर झर्ने अनियन्त्रित लहरले बस्तीहरू रित्तिँदै जान थालेका छन् । तनहुँको ग्रामीण क्षेत्रमा पछिल्लो ९ महिनाको तथ्याङ्कले बसाइँसराइको भयावह चित्र प्रस्तुत गरेको छ ।
गोरखामा ठेकेदार कम्पनीको लापरबाहीका कारण नारेश्वर–निबेल–ताकुकोट सडक निर्माण कार्य विगत पाँच वर्षदेखि अलपत्र परेको छ ।
भक्तजनको सुविधाका लागि बागलुङको काठेखोला गाउँपालिका–६ स्थित बिहुँकोट मन्दिर परिसरमा दुईवटा अतिथि आवासगृह निर्माण गरिएको छ ।
नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीनसहित चार जना घाइते भएका छन् ।