वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमनका क्रममा कैफियत देखिएपछि वेष्ट सपिङ सेन्टर ठमेललाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको हो ।
नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न ठाउँमा महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै कार्यालयका कार्यक्रम अब कार्यालयभित्रको सभाहल तथा बैठक कक्षमा मात्रै गर्नुपर्ने जनाएको छ ।
मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थाल्नुभएको छ ।
दोलखाको वैतेश्वर गाउँपालिकाका किसानहरू लसुनको उचित मूल्य नपाएपछि मारमा परेका छन् ।वडा नम्बर ३ मिर्गे लसुन खेतीका लागि उर्बर क्षेत्र मानिन्छ ।
यहाँको शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो ।
भक्तपुरमा आगामी जेठ १३ र १४ गते हाटबजारसहित ‘ग्रान्ड ब्यूटी एण्ड बिजनेस एक्स्पो हुँदैछ । गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा हुने एक्स्पो अन्तर्राष्ट्रिय स्तरको रहने आयोजक युथ इको नेपालले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।
दाङको घोराही उपमहानगरपालिका–१४ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।
सूचना प्रविधिको बढ्दो प्रयोग समाजको अपरिहार्य आवश्यकता बन्दै गएको छ । सूचना प्रविधिको साधनको आरम्भमा टेलिफोन आविष्कार हुँदा संसारै अचम्ममा परेको थियो । सञ्चारबिना संसार असम्भव भन्ने भनाइलाई सूचना प्रविधिको बढ्दो प्रयोगले सार्थक तुल्याउँदो छ । कुनै बेला समाचार पढ्न अखबार नै चाहिन्थ्यो । रेडियोको आविष्कारले सूचनावेग अझ सजिलो बनायो । टेलिभिजनले श्रव्यसँगै दृश्य सामग्रीको सुविधा दियो । प्रविधि विका
कुनै पनि देशको आर्थिक स्वास्थ्य मापन गर्न तीन वटा आधारभूत प्रश्न पर्याप्त हुन्छन् । के त्यो देशले आफूले उत्पादन गरेभन्दा बढी वस्तु आयात गरिरहेको छ ? आफ्नो खर्च धान्न बाह्य स्रोतमा निर्भर रहनु परेको छ कि स्वदेशी राजस्वले नै पुग्छ ? ऋणको ब्याज तिर्न पुनः नयाँ ऋण खोज्नुपर्ने अवस्था छ कि छैन ? यी प्रश्न आपसमा गाँसिएका हुन्छन् । एउटामा देखिएको कमजोरीले अर्कोलाई निम्त्याउँछ । अर्थशास्त्रमा यसलाई प्रतिक्रिया चक्र भनिन्छ ।
पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा सोमबार हल्का बदली भएको छ ।
नेपालमा अहिले बलियो र स्थायित्व कायम हुने गरी सरकार निर्माण भएको विश्लेषण हुन थालेको छ । गठन भएसँगै सरकारले सुशासन र विकास गतिविधिलाई तीव्रता दिन भनेर आफ्नो नीतिगत प्रतिबद्धता पनि सार्वजनिक गरेको छ । आजसम्मको हाम्रो विकास अवधारणा र यसको उपलब्धि हेर्दा सन्तोषजनक हुन सकेको छैन । यसमा धेरै कारण रहेको देख्न सकिन्छ । विशेषतः नेपालले लामो समयदेखि
पर्यटन विकास कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत योजनाहरू सञ्चालनका लागि यसअघि विभिन्न उपभोक्ता समितिसँग सम्बन्धित गरी जारी गरिएका सबै पत्र रद्द गरेको छ ।
नेतृत्व भनेको साझा लक्ष्य प्राप्त गर्न व्यक्तिलाई उत्प्रेरित गर्ने, प्रभावित पार्ने, उनीहरूको क्षमतालाई उजागर गर्ने र सङ्घर्ष गर्न उत्तेजित गर्ने कला र विज्ञान हो । विसं २०७९ सालको असारमा जन्मेको तत्कालीन कान्छो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ मङ्सिरको निर्वाचनमा आइपुग्दा २० सिट ल्यायो । त्यही दलले २०८२ फागुन २१ को संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत (१८२ सिट) प्राप्त गर्न सफल भयो । यो
नेपालमा भ्रष्टाचारले सार्वजनिक जीवन र शासनको हरेक पाटोलाई छोएको छ । भ्रष्टाचारविरुद्ध केवल आलङ्कारी र उपदेशात्मक सङ्घर्ष हुँदै आएको छ । आजको नेपालमा जुन गतिमा नेता तथा उच्च पदस्थको नाम भ्रष्टाचारमा लपेटिरहेको र काण्ड घटित छन्, त्यसबाट भ्रष्टाचार निर्मूल गर्न यो शताब्दीमा पनि सम्भव छैन भन्ने दर्साउँछ । राजनीतिक नेताले सार्वजनिक खपतका लागि ‘हामीले भ्रष्टाचारविरुद्ध युद्ध गर्नुपर्ने छ, भ्रष्टाचारको खराबीसँग लड्नु छ, भ्रष्टाचारसँग कुनै सम्झौता गरिने छैन, कुनै पनि भ्रष्टाचारी व्यक्ति चाहे कति नै उच्च पदस्थ किन नहोस्, निजलाई माफ गरिने छैन, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, मै