हालैका वर्षमा पाकिस्तानमा वायु प्रदूषणले रेकर्ड स्तर छोएपछि स्वच्छ हावाको माग गर्दै नागरिक आफैँ अग्रसर हुन थालेका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना वृद्धा महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका –४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ७५ वर्षीया डम्बरकुमारी नेपालको ज्यान गएको हो ।
सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार नीतिमा केही महत्त्वपूर्ण परिवर्तनको प्रस्ताव गर्नु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनुभएको छ ।
चीनले सन् २०३० सम्ममा आर्थिक उत्पादनसँग सम्बन्धित पानीको खपत उल्लेखनीय रूपमा घटाउने लक्ष्य तय गरेको छ ।
कैलालीको प्रतिनिधि सभा क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराउनुभएका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई दिइएको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।
एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसँग सम्बन्धित शुल्क वृद्धि गर्ने धम्की दिएपछि लगानीकर्तामा निरासा छाएको छ ।
नेपाल फार्मेसी परिषद्को ३० औँ नाम दर्ता (लाइसेन्स) परीक्षा माघ १० गते हुने भएको छ।
इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिका विरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष चेतावनी दिनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन मुद्दाका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा-विरोधी भाषण सम्बन्धी नयाँ कानून पारित गरेको छ ।
झापा–५ का उम्मेदवार बालेन साहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ ।