काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन सुरु गरेको छ ।
जाजरकोटमा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आज (सोमवार) देखि सुरु भएको कक्षा १२ को परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन पुगेका उनीहरू पक्राउ परेका हुन्।
नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटिसीले आफ्नो ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको हो ।
सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ ।
विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ ।
झापाको भद्रपुरमा आयोजित चन्द्रगढी महिला गोल्डकपको उपाधि विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात जितेको छ ।
मकवानपुर जिल्लाका तीन वटा गाउँपालिकामा करदाता सेवा सुरु गरिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुलेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निजी क्षेत्रलाई कमजोर बनाएर देशको विकास नहुने बताउनुभएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा युएईले ओमानलाई २५ रनले हरायो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी, मधेस, गण्डकी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने पूर्वानुमान गरेको छ ।
२०३८ सालमा नापी भई २०४५ सालमा लालपूर्जा पाएका टीकापुर नगरपालिका–२ कोठारपुरका तीन परिवारको उठीबास लाग्ने भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनौठो शैलीमा ठगी गर्ने एक गिरोहका छ जनालाई पक्राउ गरेको छ ।