बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गर्नुभएको छ । गत भदौंमा नियुक्त भए पनि प्राविधिक कारणले उहाँ अध्यक्षको पदभार ग्रहण गर्नुभएको थिएन ।
पुतलीबजार नगरपालिका –३ पुतलीखेतमा निर्माणाधीन नेवार (नेवाः) सङ्ग्रहालय अलपत्र परेको छ । तीन वर्षमा सक्नेगरी निर्माण थालिएको सङग्रहालय १० वर्ष बितिसक्दा पनि बजेट अभावले अलपत्र अवस्थामा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ (यूएन) विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जारी राख्नुपर्ने बताउनु भएको छ ।
गतवर्ष माघ महिनामै मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्ले गाउँस्थित ढुम्बा ताल जमेर बरफ भएको थियो । अत्यधिक चिसोका कारण मुस्ताङ प्रवेश गरेका पर्यटकलाई समेत तालसम्म पुग्न हम्मे–हम्मे हुन्थ्यो ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बुधबार आगामी नोभेम्बर ७ तारिखमा आम निर्वाचन हुने घोषणा गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)को जेरुसेलमको शेख जराह स्थित भवन इजरायली अधिकारीले कब्जा गरी ध्वस्त पारेकोमा निन्दा गर्नु भएको छ ।
आधुनिक मनोरञ्जन, डिजिटल संगीत र डीजे संस्कृतिको बढ्दो प्रभावका कारण नौमती र पञ्चेबाजा जस्ता मौलिक लोककला तथा संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् ।
दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधनको प्रयोग नगर्न नगराउन आग्रह गरेको छ ।
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानीलाई पोखरी नै पोखरीको सहरले चिन्ने गरिन्छ । यहाँका दर्जनौँ पोखरी अहिले संकटमा छन् । पाँचभन्दा बढी पोखरी लुप्त भइसकेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी १५८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका चार सिट भएपनि उम्मेदवार भने सिट संख्याको दश गुणाभन्दा बढी पुगेको छ ।
समालोचक प्राडा. वासुदेव त्रिपाठीले प्राडा. दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गर्नुभएको छ ।