संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदल, २०८२ ले सोमबार संविधान र कानुनविद्सँग छलफल गरेको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह संयोजक रहेको कार्यदलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा संविधान र कानुनविद्हरूसँग छलफल गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनौठो शैलीमा ठगी गर्ने एक गिरोहका छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेले ‘सक्कली नोट साटेर दोब्बर रकम दिने’ प्रलोभन देखाई ग्राहकलाई नक्कली नोटमा फसाउने र अन्त्यमा कागजको बिटो थमाएर ठगी गर्ने गरेको खुलेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार पक्राउ पर्नेहरू उदयपुर, बारा, चितवन र रौतहट घर भएका छन् ।
लाइसेन्स, ठेक्का र नियमनमार्फत हुने असुलीधन्दा विगतमा राज्य बजार सम्बन्धको विशेषता बन्दा अर्थतन्त्र पहुँचवालाको नियन्त्रणमा पुगेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ । मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३’ ले सक्षम उद्यमी र नयाँ प्रवेशकर्तालाई निरुत्साहित गरेर अर्थतन्त्र पहुँचमा आधारित संचरनातर्फ उन्मुख गराएको उल्लेख गरेको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र नेपाल क्रिकेट सङ्घबिच भाडा सम्झौता छिट्टै हुने प्रस्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले त्रिवि र क्यानबिच सम्झौताको म्याद सकिएकाले पुनः सम्झौता गर्न लागेको बताउनुभयो ।
नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।
सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि तर्जुमा गरिएको सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि आजसम्म तीन हजार ५०० भन्दाबढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएका छन् ।
भारतीय बजारबाट भन्सार छली गरेर ल्याइएका रु तीन लाख १८ हजार छ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ ।
भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी क्षेत्रका सम्पूर्ण संरचना भत्काउने काम सम्पन्न भएको छ ।
सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा बनाइएको अस्थायी बाँध गएराति बाढीले बगाउँदा आवतजावतमा समस्या भएको छ ।
यहाँ जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रबाट भन्सार छली गरेर भित्र्याइएका २४ थान भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिइएको छ ।
शनिबार र आइतबारको असिना–पानीले क्षति पु¥याएको धुलिखेल र पनौती नगरपालिका क्षेत्रका बालीको अनुगमन गरिएको छ ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन सुरु गरेको छ ।
जाजरकोटमा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। आज (सोमवार) देखि सुरु भएको कक्षा १२ को परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिन पुगेका उनीहरू पक्राउ परेका हुन्।
नेपाल टेलिकम (एनटिसी) ले आफ्नो प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन बनाएको छ । एनटिसीले आफ्नो ‘कम्बो–२९९ प्याक’ को समयावधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिसकेको हो ।
सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने फैसला गरेको छ ।