नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताउनुभएको छ । नेकपा (एमाले) को प्रचार विभागले बिहीबार आयोजना गरेको सम्पादकसँग अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
प्रहरीले डर त्रास देखाइ रकम असुली गर्ने ३२ वर्षीय डा. आशिष् दाहाललाई पक्राउ गरेको छ ।
युक्रेनले पहिलो पटक रुसमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि रुसले जवाफ दिने वाचा गरेसँगै किएभस्थित अमेरिकी दूतावासले बुधबार हवाई आक्रमणको चेतावनी दिएको छ ।
भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी बिहीबार नेपाल आउनुभएको छ । द्विवेदी नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणको सिलसिलामा नेपाल आउनुभएको हो ।
कोप-२९ जलवायु शिखर सम्मेलनमा बुधबार २५ देशले अत्यधिक प्रदूषणकारी जीवाश्म इन्धनको प्रयोग चरणबद्धरुपमा हटाउने प्रक्रियालाई तीव्र पार्न कुनै पनि नयाँ नियन्त्रण नगरिएको कोइला-विद्युत् संयन्त्र नबनाउने प्रतिज्ञा गरेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
रुसले शुक्रबार र बुधबार गरी युक्रेनको सिमानामा ५० वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयको एक विज्ञप्ति जारी गरी रुसी सुरक्षा प्रणालीले ४४ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थाउलो विश्वकपका कांस्य पदक विजेता उसुका विजय सिन्जालीलाई आगामी विश्व च्याम्पियनसिपको तयारीमा जुट्न सुझाव दिएको छ ।
उत्तर-पश्चिम पाकिस्तानमा भएको एक आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको सैन्य निकायले बुधबार बताएको छ ।
नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडी इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स डबल्समा बुधबार पहिलो हुनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोगर्याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा पाँच जनाकै उम्मेदवारी कायम रहेको छ ।
चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिता मङ्सिर ११ देखि १५ गतेसम्म हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित अनि आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताउनुभएको छ ।