• १४ वैशाख २०८३, सोमबार

मन्त्रिपरिषद बैठक जारी, महत्त्वपूर्ण निर्णय हुने विश्वास

blog

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरू । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख १४ गते । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।  

आजको बैठकबाट केही महत्त्वपूर्ण निर्णयसहित सरकारले अध्यादेश ल्याउने तयारी गरेको बुझिएको छ । संसद् बैठक स्थगित भएका बेला सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो । संसद् बैठक सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्थगित गर्नुभएको थियो ।