इन्धनजन्य सामग्रीमा भएको अत्याधिक तथा अप्रत्याशित मूल्यवृद्धिका कारण पूर्वाधार निर्माणमा प्रयोग हुने सामग्रीको लागत ह्वात्तै बढ्दै गएको भन्दै सल्यानमा निर्माण व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् ।
बागलुङको गलकोट नगरपालिका कार्यालयबाट स्थायी लेखा नम्बर वितरणको काम सुरु भएपछि सेवाग्राहीलाई बागलुङ पुग्नु पर्ने झन्झट हटेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
हेटौँडामा सोमबारदेखि मध्य पृतनापति ट्रफी खेलकुद प्रतियोगिता–२०८३ सुरु भएको छ ।
कैलालीमा रहेको धनगढी उपमहानगरपालिकाको ३० सदस्यीय टोली दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको पदयात्रामा निस्केको छ ।
उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–५, लोमन्थाङ बजारको सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा भेटिएका एक पुरूषको उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाइएको छ ।
टीकापुर नगरपालिकाले बजार, सडक र नदी किनारमा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरेका टहरा छाप्राहरू हटाउन सुरु गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज तनहुँको भानु नगरपालिका–४, चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्नु भएको छ ।
चीनको सान्यामा जारी छैटौँ एसियन बिच गेम्स–२०२६ अन्तर्गत महिला बिच कबड्डीमा नेपालले कांस्य पदक जितेको छ ।
सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो ।
नेपाल कबड्डी लिग (एनकेएल) सिजन–२ का लागि ६ सहरका ६ टिमले ‘प्लेयर्स ड्राफ्ट’ मार्फत ८४ खेलाडी अनुबन्ध गरेका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेल आज आफ्नो गृह जिल्ला तनहुँ आई पुग्नुभएको छ ।
युवतीलाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।