टेक्सपायर कर्पोरेट टी–१० लिग को दोस्रो दिन सोमबारको खेलमा क्लाउड फ्याक्ट्री, सुबिशु र आइसिएफसी फाइनान्स विजयी भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैँक (एडिबी) बिच 'नेपाल डिजिटल रूपान्तरण परियोजना' कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
शनिबारको वर्षापछि रोशी खोलाको बाढीका कारण अवरुद्ध विपी राजमार्ग दुई दिनपछि खुलेको छ । रोशी खोलामा अस्थायी डाइभर्सन बनाइ आज दिउँसो ३ बजेदेखि आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
काठमाडौँ, वैशाख १४ गते । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले वर्तमान अर्थतन्त्र वाह्य सूचकहरू हेर्दा केही सुधारिएको देखिए पनि वास्तविक रूपमा अझै अस्वस्थ रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैँकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले अहिले बाह्य क्षेत्र सन्तुलित देखिएको, मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धि करिव २–३ प्रतिशतको हाराहारीमा रहेको भए पनि त्यो त्यति सकारात्मक नरहेको बताउनुभयो । उहाँका अनुसार चार–साढे चार प्रतिशत वृद्धि भएको भए राम्रो मानिन्थ्यो, अहिलेको अवस्था औसत मात्रै हो । खतिवडाले विगतमा रहेको अत्यधिक कर्जा र तरलताको समस्या अहिले केही हदसम्म समाधान भएपनि सुधार स्वाभाविक नभएको समेत बताउनुभयो । खतिवडाका अनुसार अहिलेका समस्याहरूको समाधान सानासाना ‘फिजियोथेरापी’ जस्ता मौद्रिक उपायले सम्भव छैन, ठुला संरचनात्मक सुधार अर्थात ‘सर्जरी’ आवश्यक छ । नेपालको मुख्य समस्या व्यावसायिक वातावरण कमजोर हुनु हो । लगानी सुरक्षित हुन्छ भन्ने विश्वास सिर्जना गर्न नसक्दा निजी क्षेत्र निरुत्साहित भएको उहाँले बताउनुभयो । सरकारले लगानीमैत्री वातावरण बनाउन सकेन भने ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह नबढ्ने उहाँको भनाइ छ । खतिवडाका अनुसार नेपाल अहिले “लिक्विडिटी ट्रयाप” जस्तो अवस्थातर्फ पुगेको छ ।जहाँ ब्याजदर ऐतिहासिक रूपमा न्यून भए पनि कर्जा प्रवाह बढ्न सकेको छैन । विगतमा १८–२२ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा विस्तार २० प्रतिशतसम्म पुगेको उदाहरण छ, तर अहिले करिब ६ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा माग नबढ्नु अस्वाभाविक स्थिति रहेको उहाँको भनाइ छ ।पूर्वगर्भनर समेत रहनुभएका खतिवडाले भन्नुभयो, “अहिले अर्थतन्त्र यसो सरसर्ती हेर्दा वाह्य क्षेत्र राम्रो छ, मूल्य ठीक छ । आर्थिक वृद्धि पनि दुई–तीन प्रतिशतको बिचमा छ । चार साढे–चार भएको भए ठिकै हुन्थ्यो । तीनको वरिपरि हुन्छ आदि इत्यादि भनिरहेका छौँ ।क्रेडिटको पनि पहिले एकदमै क्रेडिट ओभरह्याङ थियो, स्पिल ओभर थियो, अब अहिले ठिकै भएको छ, यी सबै भनौँला हामी । तर हामीले अर्थतन्त्र हेल्दी रूपले मोटाएको हो कि सुनिएको हो, यो चाहिँ बुझ्नुपर्छ । अर्थतन्त्रको जुन स्वस्थता हामीले भन्छौँ, त्यो स्वाभाविक स्वस्थतामा अर्थतन्त्र छैन । समस्याका चाङहरू छन् । व्यावसायिक वातावरण हामीले बनाउन सकेका छैनौँ । व्यावसायिक वातावरण बनाएर लगानीकर्तालाई प्रोत्साहित गर्ने र लगानी सुरक्षित हुन्छ भन्ने वातावरण नबनाइन्जेलसम्म राष्ट्र बैँकले दिएका सानातिना फिजियोथेरापीले काम गर्नेवाला छैन । फिजियोथेरापीले धेरै काम गर्ने छैन, सर्जरी गर्नुपर्ने अवस्था छ । अलि ठुलै अपरेसन गर्नुपर्ने अवस्था छ ।”खतिवडाले समस्या केवल नेपाल राष्ट्र बैँकको नीतिमा सिमित नभई राजनीतिक, सरकारी र निजी क्षेत्र सबै तहमा रहेको बताउनुभयो । उहाँले विगतमा व्यवसायीमाथि भएको धरपकड र असुरक्षाले लगानी वातावरण बिग्रिएको उल्लेख गर्दै त्यसको सुधार नगरेसम्म आर्थिक गतिविधि नबढ्ने बताउनुभयो । खतिवडाका अनुसार कर्जाको गुणस्तर र उत्पादक उपयोगलाई ठुलो चुनौती छ । विगतमा कर्जा २५ प्रतिशतले बढ्दा पनि आर्थिक वृद्धि २–४ प्रतिशतमा सीमित भएको उदाहरण दिँदै उनले कर्जाको प्रभावकारिता कमजोर रहेको उहाँको भनाइ छ । उहाँका अनुसार वर्किङ क्यापिटल, टिआर लोन, विपन्न वर्ग कर्जा तथा निर्देशित कर्जा कार्यक्रमहरू सबैको पुनरावलोकन आवश्यक छ । खतिवडाले निर्देशित कर्जा कार्यक्रमलाई सानो–सानो खण्डमा विभाजन गर्नुको सट्टा उत्पादनशील क्षेत्रहरूमा समग्र ‘प्याकेजिङ’ गरेर कर्जा प्रवाह गर्न सुझाव दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनासँग नेपालका लागि झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा नेपाल–चीन सम्बन्ध, आपसी हित तथा द्विपक्षीय सहकार्यबारे छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।
नेकपा एमालेका सचिव भानुभक्त ढकालले पार्टी जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) कै मार्गमा सुदृढ ढङ्गले अगाडि बढिरहेको बताउनुभएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पार्नुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि साङ्घातीक आक्रमण भएको छ ।
सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नियुक्त गरेको छ ।
प्रथम साविक धौलागिरि अञ्चल स्तरीय खुल्ला स्नुकर प्रतियोगिताको उपाधि साजन रुचालले जित्नुभएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताउनुभएको छ ।
बाजुराका अधिकाशं किसानको स्याउ प्रति आकर्षण बढ्दो गएको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै स्याउ खेति प्रति चाँसो थिएन ।
शनिवार दिउँसोदेखि बन्द भएको विपी राजमार्ग खुलेको छ । अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले निर्माणाधीन विपी राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि शनिवारदेखि राजमार्ग बन्द भएको थियो।
गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर पुनः सुधारोन्मुख देखिएको छ ।