अछाम निर्वाचन क्षेत्र नं. १ मा सात वटा राजनीतिक दल र एक जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युष्टि पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, मजदुर किसान पार्टी र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
गुल्मीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं १ बाट २१ र क्षेत्र नं २ बाट २२ गरेर ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयको विवरण अनुसार अहिलेको निर्वाचनमा नयाँ पुराना अनुहारबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मङ्गलबार प्रदेशका आठै जिल्लामा शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मनोनयन दर्ता भएको छ । उम्मेदवारले सर्मथक र प्रस्तावका साथ निर्वा
जुम्लामा प्रतिनिधि सभा सदस्यका लागि दस जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेकपा एमालेबाट शान्तिलाल महत र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नरेश भण्डारीले मनोनयन दर्ता गराउनुभएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार महावीर पुनसहित म्याग्दीमा १३ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।
कपिलवस्तुको तीन वटै क्षेत्रमा मनोनयन दर्ता उत्साहजनक भएको छ । आगामी फागनु २१ ग्ते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ताको कार्य मङ्गलबार उत्साहजनक भएको हो ।
जिल्ला प्रशासन कार्यालय, सप्तरीले हातहतियार बुझाउन सबैसँग आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरेको हो ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको ठाउँ प्राचीन तिलौराकोटमा उत्खनन सुरु गरिएको छ । दरबारपरिसरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न थप प्रमाण जुटाउनका लागि उत्खनन गर्न लागिएको हो ।
आगामी फागुन २१ गतेको निर्वाचनका लागि जिल्लाका ३ वटै निर्वाचन क्षेत्रबाट ५५ उम्मेदवारहरुले मनोनयन दर्ता गराउनुभएको छ ।
बाँके जिल्लाको पूर्वी क्षेत्रमा पाटेबाघ र चितुवाको आतङ्क बढेपछि स्थानीयमा भयको वातावरण उत्पन्न भएको छ । जिल्लाको पूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका अन्तर्गत हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कित र भयभित बनेका हुन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मङ्गलबार मनोनयन दर्ता भइसकेको छ । ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले चुनाव लोकतन्त्र पुनस्र्थापना गर्ने माध्यम भएको बताउनुभएको छ । दाङ क्षेत्र नं. २ मा आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोख्रेलले निर्वाचनका माध्यमबाट लोकतन्त्रलाई पुनस्र्थापना गर्ने दिशामा अघि बढाउन महत्वपूर्ण हुने बताउनुभएको हो ।
घोराही उपमहानगरपालिका–१७, गुलरियाका अशोककुमार चौधरीलाई आफ्नै मौलिक संस्कृति प्रतिको मोह सानैदेखि थियो । विशेष गरी मादल बजाउने र नाच्ने इच्छा भए पनि परम्परागत शैलीमा सीप नहुँदा लामो समयसम्म त्यो रहर मनमै सीमित रह्यो ।