पुराना र स्थापित दललाई पन्छाउँदै यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा अप्रत्याशित जित हासिल गरेको छ । गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशमा ठुलो पार्टी भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्र बनाउने भएको छ । गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा फोहोरबाट मोहर कमाउन सदरमुकाम जोमसोममा आधुनिक उपकरणसहितको प्रशोधन केन्द्र र मार्फामा एक करोड २० लाख रुपियाँको लागतमा सङ्कलन केन्द्र बनाउने भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
नेपाल–भारत सीमा क्षेत्रको जमुनाहा नाका मानव बेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ। यस नाकाबाट जोखिमपूर्ण यात्रामा भारततर्फ जाने महिलाहरूको संख्या बढ्दै गएपछि यो नाका अत्यधिक जोखिमपूर्ण बनेको हो।
सहज रूपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले पश्चिम बागलुङको बडीगाड गाउँपालिकामा निर्माण गरिएको बडीगाड आधारभूत अस्पताल उपकरण र दरबन्दीविहीन हुँदा सञ्चालनमा कठिनाइ भएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम पक्राउ परेका हुन् ।
सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ वटा भेडा–बाख्रा मारेको छ।
प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएको छ । १० वटै जिल्लाको मतगणना सकिएर नतिजा आउँदा कांग्रेसले प्रदेशभरबाट कुल एक लाख ४१ हजार २३३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटामा सुरक्षाका लागि खटिएका निर्वाचन प्रहरीलाई विभिन्न सीपमूलक तालिममा सहभागी गराउने तयारी गरिएको छ।
कर्णालीमा ९० जना उम्मेदवार जमानत जोगाउन असफल भएका छन् । उम्मेदवारी दिएका कुल १३८ जनामध्ये ९० जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार सबैभन्दा धेरै सुर्खेत–२ मा १४ जना, सुर्खेत–१ मा १० जना र सल्यानमा १० जना रहेका छन् ।
घर छाउन जस्तापाता तथा आधुनिक पक्की भवनको लहर चलिरहेको बेला सल्यानका केही पालिका र ग्रामीण क्षेत्रमा भने परम्परागत ढुङ्गाको छाना भएका घर देख्न सकिन्छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका ४४ उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका ५५ जनामध्ये ४४ उम्मेदवारले कुल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा धरौटी फिर्ता नपाउने भएका हुन् ।
बाजुराका अधिकांश ठाउँका गर्भवती महिला अहिले पनि बाटोमै बच्चा जन्माउन बाध्य छन् । ती दुर्गमका गर्भवती महिलाका लागि यहाँका पालिका तथा वडामा स्थापना गरिएका स्वास्थ्य संस्था तथा सुविधासम्पन्न अस्पताल पुग्न झन्डै चार/पाँच घण्टा समय लाग्ने भएकोले कतिपय महिलाले बाटोमै बच्चा जन्माउने बाध्यता भोग्नु परेको हो ।
नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुमगन गरेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना सुरु भएको छ ।