म्याग्दीको धवलागिरि गाउँपालिका–७, झिनडाँडामा गत माघ ३ गते राती एक युवतिको हत्या भएको घटनामा संलग्न भएको आरोपमा निजकै श्रीमान पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१० जनाको उम्मेदवारी परेको छ । १६ सिटका लागि स्वतन्त्रसहित विभिन्न पार्टीका गरेर २१० जनाको उम्मेदवारी परेको हो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ऐन महर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पुनः चुनावी प्रतिस्पर्धामा होमिनुभएको छ ।
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गराएपछि अधिकारिकता विवाद सृजना भएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा स्याङ्जामा महिला उम्मेदवारलाई उपेक्षा गरिएको छ । सबै दलले उम्मेदवार सिफारिस गर्दा महिला उम्मेदवार सिफारिस गरेपनि उम्मेदवार छनोट गर्दा उपेक्षा गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बैतडी प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।
पोखरा महानगरपालिका २३ ठुलाखेत घर भई पोखरा महानगरपालिका-७, सृजनाचोक बस्ने ३२ वर्षीय प्रेम भन्ने रमेश कामीलाई श्रीमतीको हत्या गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदाम पोखराको समन्वयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले पक्राउ गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दाङको तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन पत्र दर्ता गराएका छन् ।
षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् ।
स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीमा १० वटा राजनीतिक दल र दुई जना स्वतन्त्रसहित १२ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट भने चौथो पटक दामोदर भण्डारी दोहोरिनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं. ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ प्रशासनले मनोनयन दर्ताकै दिनदेखि इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुगुमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तोकिएको समयभित्र दलहरु उत्साहपूर्वक उम्मेदवारी दर्ता गराएका थिए ।