आगामी फब्रुअरी-१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले टिकट नदिएपछि बागलुङ जैमिनीका राजेन्द्र शर्माले सोमबार काठमाडौँ पुगेर उज्यालो नेपाल पार्टीको टिकट लिएर आउनुभएको हो ।
धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक नौ दशमलव ४३ अङ्कले घटेर दुई हजार ७०५ दशमलव ३८ को बिन्दुमा कायम भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरूले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।
रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा मोनाकोमाथि सानदार जित निकालेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेतासँगको सम्भावित टकरावको वातावरणबिच डाभोस आइपुग्नु भएको छ ।
नेवारी समुदायको प्राचीन संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित हेटौँडामा ६५ जना कन्याको सामूहिक बेलविवाह गरिने भएको छ । नेवारी समुदायमा बालिकाको रजस्वला हुनुभन्दा अघि बेलसँग विवाह गराइदिने चलन छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को माघ २८ गते झापामा हुने भनिएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ ।
अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेसनलले सर्लाहीको लालबन्दीमा सञ्चालित सामुदायिक परोपकार आँखा उपचार केन्द्र (अस्पताल) लाई बुधबार आधुनिक उपकरण हस्तान्तरण गरेको छ ।
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलहरूले जोड दिएका छन् ।
बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गर्नुभएको छ । गत भदौंमा नियुक्त भए पनि प्राविधिक कारणले उहाँ अध्यक्षको पदभार ग्रहण गर्नुभएको थिएन ।
पुतलीबजार नगरपालिका –३ पुतलीखेतमा निर्माणाधीन नेवार (नेवाः) सङ्ग्रहालय अलपत्र परेको छ । तीन वर्षमा सक्नेगरी निर्माण थालिएको सङग्रहालय १० वर्ष बितिसक्दा पनि बजेट अभावले अलपत्र अवस्थामा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ (यूएन) विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जारी राख्नुपर्ने बताउनु भएको छ ।