अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेसनलले सर्लाहीको लालबन्दीमा सञ्चालित सामुदायिक परोपकार आँखा उपचार केन्द्र (अस्पताल) लाई बुधबार आधुनिक उपकरण हस्तान्तरण गरेको छ ।
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
निर्वाचनमा हुने भड्किलो खर्चलाई मितव्ययी बनाउन र निर्वाचन आचारसहिंताको पूर्ण पालना गर्न म्याग्दीका राजनीतिक दलहरूले जोड दिएका छन् ।
बागलुङ कालीका गुठी व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका भूपेन्द्र खड्काले बुधबार पदभार ग्रहण गर्नुभएको छ । गत भदौंमा नियुक्त भए पनि प्राविधिक कारणले उहाँ अध्यक्षको पदभार ग्रहण गर्नुभएको थिएन ।
पुतलीबजार नगरपालिका –३ पुतलीखेतमा निर्माणाधीन नेवार (नेवाः) सङ्ग्रहालय अलपत्र परेको छ । तीन वर्षमा सक्नेगरी निर्माण थालिएको सङग्रहालय १० वर्ष बितिसक्दा पनि बजेट अभावले अलपत्र अवस्थामा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घ (यूएन) विश्व शान्ति र सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै यसलाई जारी राख्नुपर्ने बताउनु भएको छ ।
गतवर्ष माघ महिनामै मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्ले गाउँस्थित ढुम्बा ताल जमेर बरफ भएको थियो । अत्यधिक चिसोका कारण मुस्ताङ प्रवेश गरेका पर्यटकलाई समेत तालसम्म पुग्न हम्मे–हम्मे हुन्थ्यो ।
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बुधबार आगामी नोभेम्बर ७ तारिखमा आम निर्वाचन हुने घोषणा गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)को जेरुसेलमको शेख जराह स्थित भवन इजरायली अधिकारीले कब्जा गरी ध्वस्त पारेकोमा निन्दा गर्नु भएको छ ।
आधुनिक मनोरञ्जन, डिजिटल संगीत र डीजे संस्कृतिको बढ्दो प्रभावका कारण नौमती र पञ्चेबाजा जस्ता मौलिक लोककला तथा संस्कृतिहरू लोप हुने अवस्थामा पुगेका छन् ।
दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले राजनीतिक कार्यक्रममा सरकारी सवारी साधनको प्रयोग नगर्न नगराउन आग्रह गरेको छ ।
प्राचीन मिथिलाको राजधानी अर्थात् वर्तमान मधेश प्रदेशको राजधानीलाई पोखरी नै पोखरीको सहरले चिन्ने गरिन्छ । यहाँका दर्जनौँ पोखरी अहिले संकटमा छन् । पाँचभन्दा बढी पोखरी लुप्त भइसकेका छन् ।