मोरङको विराटनगर महानगरपालिका –४ क्षेत्रबाट लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रासँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ।
मकवानपुर जिल्लामा मङ्गलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई ५–१ गोलले हरायो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि मुस्ताङका राजनीतिक दलहरू चुनावी रणनीति बनाउन व्यस्त छन् ।
हालैका वर्षमा पाकिस्तानमा वायु प्रदूषणले रेकर्ड स्तर छोएपछि स्वच्छ हावाको माग गर्दै नागरिक आफैँ अग्रसर हुन थालेका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना वृद्धा महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका –४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ७५ वर्षीया डम्बरकुमारी नेपालको ज्यान गएको हो ।
सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार नीतिमा केही महत्त्वपूर्ण परिवर्तनको प्रस्ताव गर्नु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र समन्वयमा मन्त्रालयका कामलाई परिणाममुखी बनाइने बताउनुभएको छ ।
चीनले सन् २०३० सम्ममा आर्थिक उत्पादनसँग सम्बन्धित पानीको खपत उल्लेखनीय रूपमा घटाउने लक्ष्य तय गरेको छ ।
कैलालीको प्रतिनिधि सभा क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराउनुभएका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा.कृष्ण पौडेललाई दिइएको छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका नियोग उपप्रमुख तथा निमित्त राजदूत डा. राकेश पाण्डेले शिष्टाचार भेट गर्नुभएको छ ।