माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकै आइसक्यो । कक्षा १० को विद्यार्थीका रूपमा मेरो मनमा चिन्ता, दबाब, आशा र दृढ सङ्कल्पको मिश्रण छ । बित्दै गरेका हरेक दिन पहिलेभन्दा गह्रौँ महसुस हुन्छन् । घडीको सुईले म
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश सभा संसदीय दलले प्रदेशमा रहेको १४ मन्त्रालय सङ्ख्या घटाएर सात वटामै सीमित गर्न प्रस्ताव गरेको छ । बागमती प्रदेश सरकारको प्रशासनिक
कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको छ ।
आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिकाको खाता बन्द भएपछि कामकाज प्रभावित भएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक शोभाकान्त पौडेलको मौखिक आदेशका आधारमा गएको शुक्रबार गौर नगरपालिकाको खाता लेखा अधिकृत छैठौँ सोहेल अन्सारीको नाममा सञ्चालन गरेको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा पाँच स्थानमा ‘स्मार्ट रिफ्रेस सेन्टर’ निर्माण गर्ने योजना अघि सारेको झन्डै चार वर्ष बितिसक्दा पनि सबै आयोजना पूर्ण रूपमा अघि बढ्न सकेका छैनन् । हालसम्म तीन स्थानमा पहिलो चरणको निर्माणको काम सम्पन्न भएको छ भने बाँकी दुई स्थानमा काम सुरु हुन सकेको छैन ।
सल्यान जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही वैशाख २५ गतेदेखि सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानका अनुसार प्रतियोगिता वैशाख २७ गतेसम्म बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालन गरिने तयारी गरिएको छ ।
कपिलवस्तुमा विश्व औलो दिवस मनाइएको छ । दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वय र कपिलवस्तु नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा औलो निवारणतर्फ नेपाल उल्लेखनीय प्रगति गर्दै गएको बताइएको छ ।
जुम्लामा एक हप्ते निःशुल्क वृहत् योग तथा ध्यान शिविर सुरु भएको छ । चन्दननाथ नगरपालिका जुम्ला र चन्दननाथ योग साधना केन्द्र जुम्लाको आयोजनामा टुडिखेल मैदानमा उक्त योग तथा ध्यान शिविर सञ्चालन गरिएको हो ।
चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ ।
पर्वतको सबैभन्दा उच्च भागमा अवस्थित हम्पाल लेक अचेल लालीगुराँसले ढाकिएको छ । लालीगुराँसको जङ्गलका रूपमा परिचित हम्पालमा फूल हेर्न, तस्बिर तथा भिडियो खिच्न र सामाजिक सञ्जालका लागि सामग्री बनाउन पुग्ने पर्यटकको सङ्ख्या एकाएक बढेको छ ।
नवलपुरको प्राकृतिक चिकित्सालयमा विश्वका विभिन्न अस्पतालमा उपचार गराएर निको नभई थाकेका बिरामीको भिड लाग्न थालेको छ । काठमाडौँका ६५ वर्षीय कृष्णराज तिवारी अमेरिकाको टेक्सासमा हृदयाघात भएर तीन वर्षसम्म थला पर्नुभयो । उहाँले छ महिना अस्पतालमै बिताउनुभयो । नवलपरासीमा एक महिना उपचार गरेर निको भई घर हिँड्नै थाल्नु भएका तिवारीले भन्नुभयो, “ह्विलचेयरमा आएको थिए, तीन/चार दिनमै हिँड्न सक्ने भएँ, मैले कल्पना पनि गरेको थिइन, मेरो अवस्थामा यसरी चामत्कारिक सुधार हुन्छ भनेर ।”
गुल्मीका दुई स्थानमा ‘स्वर्णबिन्दु प्राशन’ खुवाउने कार्यक्रम सुरु गरिएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र र रुरुक्षेत्र गाउँपालिकाले स्वास्थ्य संस्थामार्फत बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाउन थालेका हुन् ।