रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन (इयू)का अधिकारीलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका वडा नं. २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश गरेको छ ।
जेठा छोरा बागलुङस्थित धौलागिरि अस्पतालमा चिकित्सकका रूपमा कार्यरत छन् भने कान्छा छोरा क्यानडामा चिकित्साशास्त्र नै अध्ययन गर्दै छन् ।
नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाले प्रतिनिधि सभा र प्रदेश सभाका पाँच जना सांसदलाई साक्षी राखेर जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा मार्फत आठवटै पालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ ।
स्याङ्जाको वालिङमा रहेको पायोनिअर एजुकेसन एकेडेमीले मावि गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको छ । प्राविधिक शिक्षा अन्तर्गतको हेल्थ असिस्टेन्टमा विद्यालय गण्डकी प्रदेशमा नै उत्कृष्ट भएको हो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको करको दर घटाउन सरकारलाई सुझाव दिनुभएको छ । हाल विलासिताका वस्तु तथा सेवामा लगाइएको कर उच्च रहेकाले त्यसलाई कम गर्दा राजस्व वृद्धिमा सहयोग पुग्ने उहाँको तर्क छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
जीवाश्म इन्धन (पेट्रोल-डिजेल)को अनियन्त्रीत खनन् र खपतले जलवायु परिवर्तनका घटनामा तीव्र वृद्धि गराउने भएकोले जीवाश्म इन्धनको विकल्पको उपयोगमा जोड दिंदै नेपालका नागरिक समाजले एसियाव्यापी विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ ।
धरान उपमहानगरपालिकाबाट अनलाइन जुवा खेल्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म आयोजित म्याराथन दौड प्रतियोगिता २०८३ को उपाधि तनहुँका सनम गुरुङले हात पार्नुभएको छ ।
बाजुराको अधिकांश किसानको स्याउ खेतीप्रति आकर्षण बढेको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै स्याउ खेतीप्रति चासो थिएन ।
नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई सय अर्ब अमेरिकी डलरको आकारमा पुर्याउन सकिने दाबी गर्नुभएको छ ।
तनहुँको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरमैला बिसर्जन गर्ने ठाउँ अभावले गर्दा केही दिनदेखि बजार क्षेत्रबाट फोहाेर सङ्कलन कार्य स्थगित गरेको छ ।