सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलाई अर्को शब्दमा भन्दा ओएनएम सर्भे पनि भन्ने गरिन्छ । ओएनएम सर्भे कुनै पनि सङ्गठनको सङ्गठनात्मक संरचना, व्यवस्थापन प्रणाली, कार्य प्रवाह तथा प्रक्रिया, जनशक्तिको प्रयोग र कार्यक्षमता कतिको प्रभावकारी छ भन्ने कुराको अध्ययन र विश्लेषण गर्ने सर्वेक्षण हो । सर्वेक्षणले संस्थाको वास्तविक स्थिति कस्तो छ ? हुनुपर्ने कस्तो हो ? बिचको दु
हेटौँडा काठमाडौँ सडक खण्डअन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जनाइएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लाका दुई निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको पाइएको छ ।
मजस्ता धेरै स्वतः प्रजातन्त्रप्रति जिज्ञासु र समर्पण भाव भएका युवामा प्रजातन्त्रप्रतिको समर्पणलाई ऊर्जा थपेर २०३० र ४० को दशकका बेलाको सबैभन्दा जोखिमपूर्ण कर्म पत्रकारितामार्फत समाज रूपान्तरणका लागि उत्प्रेरित गर्ने आदरणीय व्यक्तित्व जो आफैँ जीवनभर मात्र समाज रूपान्तरणमा मात्र लाग्नु भयो होमनाथ दाहाल जसलाई हामी युवा होमनाथ दाइ भन्ने गथ्र्यौं । उहाँको चट्टानी अडान भनेको प्रजातन्त्रको पुनस्र्थापना मात्र रह्यो पञ्चायतकालभरि ।
चुनावको मौका छोपेर विराटनगरका मासु व्यवसायीले खसीको मासुको मूल्यमा प्रतिकिलोग्राम दुई सय रुपियाँले वृद्धि गरेका छन् । मासु व्यवसायी सङ्घ मोरङले स्थानीय तह, स्थानीय प्रशासनसमेतलाई जानकारी नदिई मूल्यवृद्धि गरेको हो ।
तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा क्लब फुङलिङ–१ लाई ५–० गोल अन्तरले पराजित गर्दै हाङ्पाङ उपाधि हात पारेको हो ।
मुलुकमा नौ खर्ब रुपियाँ बराबरको आयात हुँदा करिब डेढ खर्ब बराबरको निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा (साउन–पुस) आयातनिर्यात दुवै बढेको छ ।
डेढ वर्ष अघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा भेटिए पनि त्यसलाई निकाल्न सकिएको छैन ।
मुलुकको सार्वजनिक ऋण २८ खर्ब रुपियाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म मुलुकसँग २८ खर्ब छ अर्ब ३९ करोड रुपियाँ ऋणको भार छ जुन नेपालको कुल अर्थतन्त्रको अनुपातमा करिब ४६ प्रतिशत हुन आउँछ ।
कर्णाली प्रदेशका जिल्ला सदरमुकाममा कालोपत्रे पुगेको छैन भने गण्डकीका धेरै पालिका सदरमुकाममा कालोपत्रे पुग्न सकेको छैन । तर यहाँका आँधीखोला गाउँपालिकामा भने वडा सदर मुकाम र धेरै जसो टोल टोलमा कालोपत्रे पुगेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–८, भड्छामा ११५ वर्षदेखि आयोजना हुँदै आएको ऐतिहासिक भड्छा मेला सम्पन्न भएको छ । स्थानीय थारू समुदायले ११५ वर्षअघि सुरु गरेको भड्छा मेला रुपन्देहीकै सबैभन्दा पुरानो मेला हो भने रातिमा हुने भएकाले पनि यसको महत्व अन्य मेलाभन्दा पृथक् मानिएको छ । थारू समुदायले आफ्ना पुर्खाले सुरु गरेको यो मेलालाई संरक्षण गर्न भन्दै अहिलेसम्म निरन्तरता दिइरहेका छन् भने यो वर्ष पनि माघेऔँसीको अवसर पारेर सैनामैना नगरपालिका–८ को भड्छागाउँमा ११५ औँ संस्करणका रूपमा यो मेला भएको हो ।
‘आठौँ राष्ट्रिय तिला सङक्रान्त माघी महोत्सव–२०८२’ को अवसरमा आयोजित नृत्य प्रतियोगितामा रौतहट पहिलो बनेको छ । सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन पचगछियामा आइतबार राति सम्पन्न महोत्सवको प्रमुख आकर्षण रहेको थारू नृत्यमा चन्द्रपुर नगरपालिका मोतियाही रौतहट पहिलो हुन सफल भएको हो ।
साहित्यकार प्रदीप सापकोटाको नियात्राकृति ‘यात्राको लय’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. सृजना शर्मा, लेखनाथ हुमागाईं, छविरमण सिलवाल र नियात्राकार सापकोटालगायत साहित्यकारले उक्त कृति सार्वजनिक गर्नुभएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र