पहाडी जिल्ला गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा रहेको रेसुङ्गा विमानस्थलमा हप्ताको चार उडान हुने भएको छ । हाल हप्तामा तीन पटक मात्रै उडान हुँदै आएकोमा यही वैशाख २९ गतेदेखि हप्तामा चार पटक उडान हुने भएको हो ।
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष किसानहरूबाट खरिद गरेको उखुको सबै भुक्तानी गरेको छ । समयमै भुक्तानी पाउँदा किसान खुसी भए पनि उखुको उचित मूल्य नपाएकोमा भने खिन्नता प्रकट गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार र जनताबिचको गोरखापत्र पुल बन्नुपर्ने बताउनुभएको छ ।
बितेका दुई दशकमा अनलाइन समाचार पोर्टलहरू, सामाजिक सञ्जाल र डिजिटल मञ्च (प्लेटफर्म) हरूको उदयसँगै सबै जसो परम्परागत छापा प्रकाशनहरूले आफ्ना पाठक र आम्दानीका स्रोत कायम राख्न सङ्घर्ष गरिरहेका छन् । यद्यपि छापा माध्यमको डिजिटल युगमा रूपान्तरणको प्रारब्ध ठोकुवा गर्न नसकिए पनि कोभिड महामारीपछि छापा माध्यमको बजार र प्रभाव ठुलो मात्रामा सङ्कुचित भएको छ । अहिले डिजिटल रूपान्तरणका अनेक आयामबारे बहस भइरहेका छन् । शतायु यात्रा पार गरी दक्षिण एसियाली मुलुकमै जेठो अखबारहरूको सूचीमा आफूलाई सबल साबित गरिसकेको गोरखापत्रसँगै पत्रकारिताका चुनौती अब के छन् त ? पठन संस्कृति, पाठ्यसामग्री (कन्टेन्ट), प्लेटफर्मको रूपान्तरण, विज्ञापन बजारका आधारमा छापा पत्रकारिता साँघुरिएको छ ।
आममानिसले सजिलै बुझ्ने गरी आफ्नो जन्म मिति थाहा पाउन गोरखापत्रलाई आधा शताब्दीभन्दा बढी समय लाग्यो । यो नेपालमा प्रेस कानुन थालनीको कारक र पत्रकार आचारसंहिताको अगुवा रह्यो तर यसले अझसम्म आफ्नो पहिलो सम्पादक को थियो भन्ने तथ्य पत्ता लगाउन सकेको छैन । आजभन्दा १२४ वर्षअघि नेपाल संवत् १९५८ मिति ज्येष्ठ वदी ३ तदनुसार १९५८ वैशाख २४ मा साप्ताहिक अखबारका रूपमा गोर्खापत्रको प्रकाशन भएको थियो । ‘गोर्खापत्र’ प्रकाशन प्रारम्भ हुँदाका दिनसम्म विश्वमा चार सयभन्दा बढी अखबारहरू प्रकाशन भइसकेको इतिहास छ । ती अखबारमध्ये धेरै बन्द भइसकेका छन् । कुनै गोर्खापत्र प्रकाश
नेपाल सरकारले सांस्कृतिक बहुलता र समावेशीकरणलाई स्वीकार गरेको एउटा नमुना गोरखापत्रको बहुभाषा पृष्ठ नयाँ नेपाल पनि हो । तर यो स्वीकृति आदिवासी जनजातिको लामो समयको आन्दोलन, तपस्या र बलिदानको परिणाम हो । २०६४ मा सुरु भएको नयाँ नेपाल विगत १७ वर्षदेखि निरन्तर चलिरहेको छ जुन स्वागतयोग्य कुरो हो । २०६२/६३ को आन्दोलनले ल्याएको सामाजिक र राजनीतिक परिवर्तनपछि बनेको नेपालको अन्तरिम संविधान २०६३ को प्रावधानमा टेकेर यस्तो बहुपृष्ठको कल्पना गरिएको थियो ।
पत्रकारिताको असल अभ्यासका लागि अपनाइने लिखित वा अलिखित नैतिक सिद्धान्त नै पत्रकार आचारसंहिता हो । पत्रकारितामा उत्कृष्टतालाई प्रवर्धन गर्न अमेरिकाको मिसौरीका सम्पादक तथा प्रकाशकहरूद्वारा स्थापित संस्था मिसौरी प्रेस एसोसिएनले सन् १८७६ मा आफ्ना सदस्यहरूका लागि आचरणगत नियमहरूको एक सूचीको मस्यौदा तयार गरेको थियो तर सन् १९२० को दशकको प्रारम्भसम्म पनि अमेरिकी पत्रकारहरूले पेसागत आचारसंहिता निर्माणमा गम्भीरतापूर्वक ध्यान दिएका थिएनन् । अमेरिकन सोसाइटी अफ न्युज एडिटर्सले सन् १९२३ मा नैतिकताको सिद्धान्त ‘क्यानन अफ इथिक्स’ जारी गरेको थियो (रास इमान, द ए टु जेड अफ जर्नालिज्म) ।
मुलुकको आर्थिक रूपान्तरणका लागि ठुला पूर्वाधार एवं उत्पादन परियोजनामा स्वदेशी र विदेशी निजी लगानी आकर्षित गर्ने उद्देश्यबाट प्रेरित भएर एकद्वार निकायका रूपमा १२ वर्षअघि लगानी बोर्डको स्थापना भएको हो । मुलुकको तीव्र आर्थिक विकासका लागि आवश्यक लगानीको खाडल पूर्ति गर्न निजी क्षेत्रको लगानी सार्वजनिक–निजी साझेदारी (पिपिपी) अवधारणामा र लगानीकर्ताले पूर्ण निजी स्वामित्व रहने गरी निजी स्वपुँजी र ऋण परिचालन भई सञ्चालन हुने परियोजना लगानी बोर्डमार्फत सहजीकरण हुँदै आएका छन् । छ अर्ब रुपियाँ वा सोमाथिका र ऊर्जा परियोजनाको हकमा दुई मेगावाट र सोमाथिका परियोजनाको समग्र प
गोरखापत्रको १२४ वर्षोत्सव
झापाको भद्रपुरका उदय चापागाईंले प्रवीणता प्रमाणपत्र तहको परीक्षा दिन २०२८ सालमा इलाम जाँदा क्याम्पसको वरिपरि डाँडाकाँडामा चिया बगान देखेपछि चियामै रमाउने सपना बुन्नुभयो । पहिलो पटक इलाम पुग्दा थुम्का थुम्कामा हरियो चिया देख्दा चापागाईंलाई लागेको थियो, हरियो इलामको चिया विश्वलाई चखाउन पाए हुने थियो । उहाँको त्यो सपना अहिले ५३ वर्षको अवधिमा पूरा भएको छ । भोजपुरबाट १० वर्षको उमेरमा चापागाईं परिवारसहित भद्रपुर आउनुभएको थियो । सामान्य खेतीपाती गर्ने परिवारमा हुर्किएका उहाँले स्नातकोत्तर पढदै गर्दा चिया खेती र व्यवसायमा होमिनुभयो । पढाइ सकेर उहाँ जर्मनी घुम्न जानुभयो । आफू नेपालमा चिया खाइराखेको भएकाले उहाँले जर्मनी पुगेर चिया खान जोज्दा त्यहाँको सहरमा भारतको
मधेश प्रदेशका जिल्लाहरूमा व्यावसायिक कृषिप्रति आकर्षण बढ्न थालेको छ । परम्परागत जीवन निर्वाहमुखीभन्दा आधुनिक व्यावसायिक खेतीबाट बढी कमाइ हुन थालेपछि आकर्षण बढेको हो । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा, महिला, अनुभवी मानिसले व्यावसायिक रूपमा तरकारी, फलफूल, पशुपन्छीपालनमा लागेका छन् । सिराहाको लहान नगरपालिका–२४, झुटकी मानिकदहका रतन साह करिब १०/१५ वर्षअघि आफ्नै खेतमा स्थानीय काउली (फूलकोबी) खेती गर्नुभएको थियो । त्यसपछि साह तरकारी खेती छोडेर बढी पै
दोलखाको भीमेश्वर नगरपालिका–७ मकैबारीका पुष्कर शाहले साइकलमार्फत ११ वर्षमा दुई लाख २१ हजार किलोमिटर दुरी पार गरी १५५ देश घुम्नुभयो । यस कार्यका लागि एक करोड ७० लाख रुपियाँ खर्च भयो । उहाँले राज्यको एक पैसा पनि खर्च गर्नुभएन । विश्व साइकल यात्री शाहले विदेश जाने अनेक अवसर त्याग्नुभयो । नेपालको झन्डा फहराउँदै संसार चहार्नुभयो तर पलायनको बाटो रोज्नुभएन । जन्मभूमिको माया गरेर स्वदेश नै फर्कनुभयो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२ का माधवप्रसाद नेपाल एक सफल व्यवसायी हुनुहुन्छ । अहिले रुपन्देहीको बुटवल उपमहानगरपालिका–९, नयाँ बसपार्क छेउमा होटल न्यु इरा सञ्चालन गर्दै आएका नेपाल सामान्य परिवारमा जन्मेर पनि ठुलो मेहनत र परिश्रमपछि एक सफल पर्यटन व्यवसायी बन्न सफल हुनुभएको छ ।जीवनमा निकै सङ्घर्ष गरेर व्यावसायिक सफलता पाउन सकेकामा उहाँ अहिले प्रसन्न हुनुहुन्छ । पाल्पाको लुम्बिनी मावि लुङमा अध्ययन गर्नुभएका नेपालले २०३३ सालमा एसएलसी परीक्षा उ