इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको आयात ह्वात्तै घटेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ ।
लामो समय पत्रकारितामा सक्रिय रहनुभएका प्रकाशचन्द्र परियार राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसदमा निर्वाचित हुनुभएको छ । उहाँको राजनीतिक यात्रामा पारिवारिक सङ्घर्ष, दलित
रेडियो भनेको रेडियो तरङ्गको प्रयोग गर्ने दूरसञ्चारको प्रविधि हो । रेडियो प्रविधि वायरलेस अर्थात् बेतार भन्ने गरिन्थ्यो । रेडियो तरङ्ग एक इलेक्ट्रोनिक उपकरणद्वारा उत्पन्न हुन्छ, जसलाई एन्टेनामा जडान गरिएको ट्रान्समिटरद्वारा तरङ्ग प्रसारित गर्छ र रेडियो रिसिभरमा जडान गरिएको अर्को एन्टेनाद्वारा प्राप्त गरिन्छ ।
मैथिली भाषाको कर्णप्रिय गीत “याह छी हमर जनकपुर, यी जनकक गाम जनकपुर...” प्रायः बिहान सबेरै जनकपुरधाम क्षेत्रमा गुन्जिने गर्दछ, जसले यहाँको सांस्कृतिक जीवन्तता झल्काउँछ ।
नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।
डिभिजन वन कार्यालय बाँकेले विभिन्न वन्यजन्तुहरुको उद्धार कार्य गर्दै आएको छ । पछिल्लो तथ्याङ्कअनुसार बाँके जिल्लामा वन्यजन्तुको उद्धार गर्ने कार्य वृद्धि हुँदै गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या खानेपानी मन्त्रालयले मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकै आइसक्यो । कक्षा १० को विद्यार्थीका रूपमा मेरो मनमा चिन्ता, दबाब, आशा र दृढ सङ्कल्पको मिश्रण छ । बित्दै गरेका हरेक दिन पहिलेभन्दा गह्रौँ महसुस हुन्छन् । घडीको सुईले म
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश सभा संसदीय दलले प्रदेशमा रहेको १४ मन्त्रालय सङ्ख्या घटाएर सात वटामै सीमित गर्न प्रस्ताव गरेको छ । बागमती प्रदेश सरकारको प्रशासनिक
कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकको चट्टानी भीर क्षेत्र च्याछरा खण्डमा ढलान कार्य सम्पन्न भएपछि यातायातका साधनलाई आवतजावत गर्न सहज भएको छ ।
आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको निर्णयअनुसार हरेक वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा भाषा
रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिकाको खाता बन्द भएपछि कामकाज प्रभावित भएको छ ।कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक शोभाकान्त पौडेलको मौखिक आदेशका आधारमा गएको शुक्रबार गौर नगरपालिकाको खाता लेखा अधिकृत छैठौँ सोहेल अन्सारीको नाममा सञ्चालन गरेको थियो ।