नेकपा एमालेका सचिव भानुभक्त ढकालले पार्टी जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (जबज) कै मार्गमा सुदृढ ढङ्गले अगाडि बढिरहेको बताउनुभएको छ ।
सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेले किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नभत्काइने स्पष्ट पार्नुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवनमा दिनदहाडै एक स्थानीयमाथि सांघातीक आक्रमण भएको छ ।
सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षकमा नियुक्त गरेको छ ।
प्रथम साविक धौलागिरी अञ्चल स्तरीय खुल्ला स्नुकर प्रतियोगिताको उपाधि साजन रुचालले जित्नुभएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउनु उचित नभएको बताउनुभएको छ ।
बाजुराका अधिकाशं किसानको स्याउ प्रति आकर्षण बढ्दो गएको छ । गाउँमा सडक सञ्जालको पहुँचमा नहुँदा पहिला यहाँका किसानको खासै स्याउ खेति प्रति चाँसो थिएन ।
शनिवार दिउँसोदेखि बन्द भएको विपी राजमार्ग खुलेको छ । अविरल वर्षासँगै रोसी खोलामा आएको बाढीले निर्माणाधीन विपी राजमार्गको अस्थायी डाइभर्सन बगाएपछि शनिवारदेखि राजमार्ग बन्द भएको थियो।
गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ उपत्यकाको वायु गुणस्तर पुनः सुधारोन्मुख देखिएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सुकुमवासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका काम थाल्न निर्देशन दिनुभएको छ ।
मन्त्रिपरिषद बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । सिंहदरवारमा आज दिउँसो बसेको बैठकले सो निर्णय गर्दै सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
नेवार समुदायको साझा संस्था नेवाः देय् दबूको नवनिर्वाचित कार्यसमितिलाई नेवाः पत्रकार राष्ट्रिय दबूले स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भइरहेको पाँचौँ गुल्मी महोत्सवमा यतिबेला २० किलोग्राम तौलको विशाल खुकुरीले सबैको ध्यान खिचिरहेको छ ।