नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले आधुनिक श्रम अबको एजेन्डा भएको बताउनुभएको छ ।
रुवान्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।
सुदूरपश्चिम प्रदेशको पहिलो केबलकारको रूपमा जाल्पादेवी केबलकार निर्माण कम्पनीले निर्माण गर्न थालेको चिसापानी–राजकाँडा केबलकारको काम धमाधम भइरहेको छ ।
बिरुवा गाउँपालिकाले नवौँ अध्यक्ष कपमा भलिबल पुरुषको उपाधि वडा नं–६ ले जितेको छ । वडा न–६ ले वडा–४ लाई सिधा सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
भारतको ओडिशा राज्यस्थित केन्दुझार जिल्लामा मानवीय संवेदनालाई नै स्तब्ध बनाउने एउटा घटना सार्वजनिक भएको छ ।
सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा न्यु डायमन्डले एपिएफ क्लबलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ ।
जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् ।
बाँकेको नरैनापुर गाउँपालिकाको वडा ३ स्थित एक गाउँमा मङ्गलबार बिहान आगलागी भएको छ । आगलागीबाट नौ वटा घर र चार गोठ गरी १३ वटा संरचनामा पूर्ण रुपमा क्षति पुगेको छ ।
बाँके बैजनाथ गाउँपालिका–६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यवहार गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको चोरमारा सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका –८ को वडा कार्यालयले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य सेवा दिन थालेपछि यहाँका ज्येष्ठ नागरिकहरू खुसी भएका छन् ।
काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा, थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न भएको छ ।