काठमाडौँ, असोज २१ गते । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका कप्तान इन्दु बर्मा टी–२० मा एक हजार रन पूरा गर्ने पहिलो महिला क्रिकेटर बन्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बन्नुभएको हो ।
मङ्गलबार मलेसियाविरुद्धको टी–२० प्रतिस्पर्धामा नटआउट ४८ रन प्रहार गर्दै उहाँले हजार रनको कीर्तिमान बनाउनुभएको हो । उक्त खेलमा नेपाल ६ विकेटले विषयी हुँदै पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।
अलराउन्डर बर्मा २८ वर्ष पुग्नुभयो। उहाँले टी-२० का ७७ मा ७० इनिङ खेल्दै एक हजार ३३ रन पूरा गर्नुभएको छ । यहाँले हजार रन पूरा गर्दा एउटा अर्धशतक बनाउनुभएको छ । हजार रन पूरा गर्दा उहाँले ७० इनिङमा तीन छक्का र ७७ चौका प्रहार गर्नुभएको छ ।