शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हुम्ला समाचारदाता
हुम्ला, वैशाख २२ गते । चीनसँग सिमाना जोडिएको उत्तरी हिल्सा नाका बन्द गरिएको छ । वैशाख पूर्णिमाका अवसरमा चीनको पुराङ काउन्टीको ताक्लाकोटमा चाडपर्वका अवसरमा बिदा हुने भएकाले नाका बन्द भएसँगै आयात बन्द भएको हो । शनिबारदेखि बुधबारसम्म हिल्सा नाकाबाट ताक्लाकोटबाट सामान आयात बन्द गरिएको सशस्त्र प्रहरी बलको सीमासुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण दाहालले बताउनुभयो । पूर्णिमाको अवसरमा चाडबाड भएको र सोही अवसरमा बिदा हुने भएकाले पूर्ण रूपमा हिल्साबाट सामान आयातमा बन्देज लगाइएको जानकारी उहाँले दिनुभयो ।