शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
तौलिहवा समाचारदाता
तौलिहवा (कपिलवस्तु), वैशाख १५ गते । कपिलवस्तुमा विश्व औलो दिवस मनाइएको छ । दिवसका अवसरमा स्वास्थ्य कार्यालय कपिलवस्तुको समन्वय र कपिलवस्तु नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा औलो निवारणतर्फ नेपाल उल्लेखनीय प्रगति गर्दै गएको बताइएको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका केदारनाथ शाहले औलो उन्मूलन सन् २०३० सम्म निवारण गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय औलो निवारण कार्यक्रम राष्ट्रकै पहिलो जनस्वास्थ्य कार्यक्रमका रूपमा सञ्चालन हुँदै आएको छ ।
प्रस्तुत तथ्याङ्क अनुसार गत वर्ष नेपालभर एक हजार १६४ जना औलोका बिरामी फेला परेका थिए । सीमावर्ती नाका बेलहिया, काँकडभिट्टा, विराटनगर, कृष्णनगरलगायत क्षेत्रमा हेल्प डेस्क स्थापना गरी निगरानी सुदृढ गरिएको छ ।