दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्रसहित ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार दलबाट २३ र स्वतन्त्र बाट ७ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
बर्दियामा प्रतिनिधि सभा निर्वाचनका लागि दुई निर्वाचन क्षेत्रमा ४० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नं १ मा २२ जना र निर्वाचन क्षेत्र नं २ मा १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
सप्तरीमा चार प्रतिनिधिसभा सदस्यका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको निवाचनका लागि सप्तरीमा १०५ जनाले उम्मेदवारी दिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रूपमा मनोनयन दाखिला गराउनुहुने सबै राजनीतिक दल तथा उम्मेदवारहरूमा आभार व्यक्त गर्नुभएको छ ।
पूर्वमन्त्री भगवती चौधरीले सुनसरी ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएकी चौधरी यसअघि २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
अछामका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १७ जनाको उम्मेदवारी दर्ता भएको
पाँच जना प्रतिनिधि सभा सदस्य चयनका लागि कैलालीमा ७८ जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ७८ जनाको उम्मेदवारी परेको हो ।
सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माण सम्बन्धी एकदिने तालिम कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। मंगलबार नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपाल प्रा।लि। को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताउनुभएको छ।
सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रुपमा ९२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा पुरानो अनुहारसहित नयाँ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा १५ दलले उम्मेदवारी दर्ता गराएका छन्।
वाम तथा अर्थ विश्लेषक हरि रोकाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिनुभएको छ।
नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले धनुषा–४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
नेकपा (एमाले) को कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार यज्ञराज ढुङ्गानाले आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।
पछिल्लो समय युवामाझ लोकप्रिय बनेका नेकपा (एमाले) का युवा नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि दोस्रो पटक उम्मेद्वारी दिनुभएको छ ।