नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराउनु भएको छ।
कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रेम आले र नेपाली कांग्रेस पार्टीबाट नरनारायण शाह मनुले उम्मेदवारी दर्ता गराउनु भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेएनजी आन्दोलनको आवरणमा मुलुकको प्रमुख संरचनामा आगजनी र तोडफोड गरिएको संरचना आफूहरुले बनाउने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङफु खेलाडी सरिना घलेलाई घले समाज युकेले नगदसहित सम्मान गरेको छ ।
निवर्तमान सभामुख देवराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ।
चितवन निर्वाचन क्षेत्र ३ मा नेपाली कम्युनिस्ट पार्टीका नेतृ रेनु दाहालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
नोन्थाबुरी स्टेडियमको फुटसल एरेनामा मङ्गलबार भएको खेलमा नेपाल पाकिस्तानसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । च्याम्पियनसिपमा नेपालको यो दोस्रो बराबरी हो ।
प्रतिनिधिसभा निर्वाचनका लागि पूर्व सिँचाइमन्त्री उमेशकुमार यादवले सप्तरी क्षेत्र नम्बर–२ बाट मनोनयन दर्ता गराउनु भएको छ ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुर २ मा मनोनयन दर्ता गराउनु भएको छ । उहाँले सो अवसरमा विकास, सुशासन र राष्ट्रिय हितको पक्षमा उभिन मतदातासँग आग्रह गर्नुभयो ।
पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल दाङ क्षेत्र २ बाट मनोनयन दर्ता गराउनु भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार दर्ता गराउनुभएको हो ।
बाँके क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का सुमन मल्लले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेकपा (एमाले) सचिवालय बैठकले पूर्व केन्द्रीय सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा उम्मेदवार परिबर्तन गरेको हो । एमालेले जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य डा. ताराप्रसाद जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको छ ।प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनका लागि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनु भएको हो ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ ।