उत्तरी गोरखाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–७ छेकाम्पारका बासिन्दा यार्सागुम्बा संकलनका लागि उपल्लो भेगको लेकतर्फ उक्लिन थालेका छन् । सिजन सुरु भएसँगै स्थानीयहरू करिब एक सातादेखि तिब्बती सीमाना आसपासका छेके, बाजु लगायतका लेक क्षेत्रमा पुग्न थालेका हुन् ।
डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकाले योजना निर्माण गर्न ठाउँ दिन नसक्दा करोडौँ रुपियाँ बराबरको योजनाको काम सुरु हुन सकेका छैनन् । अमरगढी नगरपालिकामा फोहोर व्यवस्थापन र दुई वटा स्मार्ट शौचालय निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले ठेक्का खोलेको थियो तर आवश्यक जमिन र ठाउँ उपलब्ध गराउन नसक्दा ठेक्का भएका योजनाको काम सुरु हुन नसकेको अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले बताउनुभयो ।
रोगव्याधिबाट छुटकारा पाउनका लागि सिजन अनुसार विभिन्न पूजा गर्दै आएका थारू समुदायमा यतिबेला भजहर पूजा चलिरहेको छ । उनीहरूले सामूहिक रूपमा विभिन्न गाउँमा भजहर पूजा गरिरहेका हुन् । खास गरेर चैत, वैशाखमा यो पूजा हुने गर्छ । गहुँ भित्र्याइसकेपछि फुर्सद भएको समयमा भजहर पूजा गर्ने कार्य भइरहेको कैलारी गाउँपालिका–७, वसन्ताका पूर्वभलमनसा जिया चौधरीले बताउनुभयो ।
मुस्ताङका सांसद योगेश गौचन थकालीले हिमाली जिल्लाको भौगोलिक अवस्था र हावापानीअनुसार शैक्षिक क्यालेन्डर नहुँदा विद्यार्थीको पठनपाठनमा गम्भीर असर परेको बताउनुभएको छ ।
वैशाख लागेसँगै सुन्तलाका बोटमा सेतो धुलोजस्तो देखिने खराने रोग देखा पर्न थालेपछि सल्यानका किसानहरू चिन्तित बनेका छन् । सामान्यतया असारतिर देखिने यो रोग यस वर्ष भने समयभन्दा अगावै फैलिन थालेको किसानहरूको भनाइ छ ।
पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ को आयोजनामा वडा कार्यालय परिसरमा आइतबार दोस्रो साहित्य पर्व– २०८३ सम्पन्न गरिएको छ ।
यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।
यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष मात्र भयो ।
जिल्लामा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूलनहर वन्यजन्तुमैत्री नहुँदा अकालमै वन्यजन्तु मर्ने गरेका छन् ।
लगातार दुई दिन परेको वर्षा, असिना र चट्याङका कारण पाँचौँ गुल्मी महोत्सव प्रभावित भएको छ । महोत्सवको दोस्रो र तेस्रो दिन दिउँसो परेको ठूलो वर्षाले स्टल सञ्चालन गर्ने व्यवसायीहरू सबैभन्दा बढी मर्कामा परेका छन् ।
सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ सार्वजनिक गरेको छ ।
यहाँको ताराखोला जोड्न सहिदमार्गको ट्रयाक खुलेको २० वर्ष भन्दा बढी भयो । ट्रयाक खुलेको यतिका वर्षसम्म पनि स्तरोन्नति हुन नसक्दा यसक्षेत्रका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
युथ अफ टीकापुरले खुला महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता यही यही वैशाख २५ गतेदेखि हुन लागेको हो ।
उत्तरी नाका रसुवागढीबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका बस्तु भित्रिएको छ ।
सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर नवलपुरमा एक जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–४ सिलौटेस्थित सूर्यविनायक सामुदायिक वनमा गए राति सिकार खेल्ने क्रममा उक्त घटना भएको हो ।