नेपाल चिकित्सक सङ्घ –एनएमए) को आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । मंगलबार अपरान्ह चारिकोटस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता गुरुङले पार्टीका नेता एवं कार्यकर्तासँगै गएर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम-२ मा आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय सङ्कट आउन सक्ने मानव अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले चेतावनी दिनु भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनुभएको छ।
नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा क्षेत्र नं. २ मा भागवत प्रकाश मल्लले मनोनयन गर्नु भएको छ ।
नेपालकी कराते स्टार एरिका गुरुङले ब्लुकेएफ कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नु हुने भएको छ ।
उत्तरी चीनको एउटा कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको चिनीयाँ सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् । विस्पोटमा परी एक जना व्यक्ति अझै बेपत्ता रहेको स्थानीय उद्धारकर्तालाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्राचीन कालदेखि आजसम्म ठूलो जनसङ्ख्या चीनका लागि राष्ट्रिय शक्ति प्रदर्शन गर्ने प्रमुख आधार मानिँदै आएको छ । तर यति ठूलो जनसङ्ख्याको व्यवस्थापन सधैँ चिन्ताको विषय रहँदै आएको छ ।
सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बन्नुभएको छ । उहाँले अन्तिम तथा नवौँ चरणमा हार्दिक पन्तलाई पराजित गर्नुभयो ।
दाङ निर्वाचन क्षेत्र न २ मा राष्ट्रिय जनमोर्चाका मनिराम खनालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ होलाई बर्खास्त गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत वर्ष आफूलाई नोबेल शान्ति पुरस्कार नदिइएको निर्णयसँग जोड्नु भएको छ ।
धरान उपमहानगरमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता सुरु भएको छ। मङ्गलबार धरान-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले आफ्नो मनोनयन पत्र दर्ता गराउनुभएको छ ।