इरानका राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देशले दबाब, धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताउनुभएको छ ।
नेपालका जुट उद्योगहरूले कच्चा पदार्थको अभाव झेल्न थालेपछि अर्धतयारी वस्तु (जुटको धागो)को आयात बढाउन थालेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको साङ्गठनिक स्थितिका बारेमा विभिन्न क्षेत्रका बुद्धिजीवीसँग छलफल गर्नुभएको छ ।
सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ ।
बाजुराको जगनाथ गाउँपालिका-६, लैफुडाँडाको भीरमा डोजर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्तोनियो गुटेरेसले मालीमा हालै भएका समन्वित आक्रमणका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै ती हिंसात्मक कार्यको निन्दा गर्नुभएको छ ।
गल्छी गाउँपालिकाको आयोजनामा सम्पन्न “गल्छी कप राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिता–२०८३” को उपाधि रुपेश जैसवालले जित्नुभएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ३४६ परिवारलाई शनिबार जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । नापी कार्यालय सप्तरीद्वारा वडा नं. ९ मा आयोजित एक कार्यक्रमबीच 'गाउँ ब्लक' मा बसोबास गर्दै आएका परिवारलाई जग्गाको स्वामित्व हस्तान्तरण गरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा शनिबार राति वासिङ्टनमा एक बन्दुकधारीले आक्रमण गरेपछि विश्वका नेताहरूले दुःख व्यक्त गरेका छन् ।
स्विस अन्तर्राष्ट्रिय विमान सेवाको एउटा विमानले उडान भर्न लाग्दा इन्जिनमा आगलागी भएपछि उडान स्थगित गरिएको छ । उक्त घटनामा कम्तिमा छ जना यात्रु घाइते भएका छन् । यो घटना आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञाबहादुर शाहीले सरकारलाई संसदबाट नभागेर विधायिकी प्रक्रियामार्फत जनताको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको अग्रज खेल पत्रकारिता सम्मान २०८३ बाट वरिष्ठ खेलकुद पत्रकार रोशन सिंह राउत तथा सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट नायक पौडेल पुरस्कृत हुनुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले तालमा मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक । गर्मीयाम बढेसँगै यस तालमा आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।
पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि कोशी प्रदेशका निर्माण व्यवसायीहरूले विकास आयोजनाहरूको ठेक्का म्याद थप गर्न सरकारसँग माग गरेका छन् ।
कालिका माविले खुला विद्यालयस्तरीय फाइभ ए साइड पुरुष तथा महिला हक्की प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । कालिका छात्रछात्रा दुवैमा विजेता भयो ।