नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ ।
अष्ट्रेलियाको मेलबर्नमा रहेको यती एफसी क्लबले सज्जन शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ ।
ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत हर्कपुरदेखि ठाडेसम्मका जोखिमयुक्त मोडहरूमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘कन्भेक्स ऐना’ जडान गरिएको छ ।
कर्णाली काेरिडोरमा एक्साभेटर दुघर्टना हुँदा एक जना बेपता भएका छन् ।
अव्यवस्थित बस्तीबाट स्क्रिनिङका लागि दशरथ रङ्गशालामा ल्याइएका भूमिहीन तथा सुकुमवासीलाई शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ ।
नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्डमा दाउन्ने बाहेक सबै स्थानमा कालोपत्रे सम्पन्न भएको छ ।
धनुषामा बलात्कार घटनाका पीडित एक महिलाले पतिले समेत साथ छाडेपछि बिचल्लीमा परेको बताउनुभएको छ ।
सडकको दायाँबायाँ १५–१५ मिटरभित्र पर्ने घरटहरासहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन सुरु गरिएको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले ‘राष्ट्रिय फोटो पत्रकार दिवस २०२७’ मा काठमाडौँमा अन्तर्राष्ट्रिय फोटोग्राफर सम्मेलन आयोजना गर्ने घोषणा गर्नुभएको छ ।
गोरखामा सिङ्गुसले चिलेर १० जना भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते हुनुभएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुका महिलालाई उद्घोषण तालिम प्रदान गरिएको छ ।
इन्डोनेसियामा वातावरण तथा मानव अधिकार अभियन्तामाथि एसिड आक्रमण जस्ता हिंसात्मक घटना बढ्दै गएको देखिएको छ ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका पक्की तथा कच्ची घर, टहरा, भकारी र झुप्रोहरू हटाउन आइतबार बिहान ६ बजेदेखि सुरक्षाकर्मी परिचालन गरी अभियान सुरु गरेको छ ।