दाङको देउखुरीमा रहेको सम्राट समेन्ट उद्योगमा काम गर्ने एक मजदुरको पुरिएर ज्यान गएको छ । लमही नगरपालिका –७ स्थित सम्राट सिमेन्टमा काम गर्ने सोही वडाको कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्को खस्दा पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले पार्टी केन्द्रले क्षेत्र ५ मा पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिनुभयो ।
कैलालीको धनगढीमा चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड आज सम्पन्न भएको छ । सुप इन्टरटेनमेन्ट हाउस प्रालि तथा बाडुल्की मिडिया हाउस प्रालिको आयोजनामा म्युजिक अवार्ड कार्यक्रम भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू मन्त्री भएपछि चार महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयन गराएको बताउनुभएको छ ।
सञ्चारमन्त्री खरेलको राजीनामा (प्रत्यक्ष प्रसारण)
नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उहाँहरुले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिनुभएको हो ।
बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि मङ्गलबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र नभई देशको भविष्य निर्माणसँग जोडिएको विषय भएको बताउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ गोलले हरायो ।