गुल्मीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारका लागि उम्मेदवारी दिएका दुई निर्वाचन क्षेत्रमा ३७ जनाको जमानत जफत भएको छ ।
सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये वर्षमान पुन मात्र निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार पूर्वअर्थमन्त्री पुन रोल्पाबाट २७ हजार ४६० मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांगे्रसका सुदनकुमार वलीले १२ हजार आठ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ ।
सप्तरीमा प्रतिनिधिसभा सदस्य पदका १ सय २ उम्मेदवारमध्ये ८९ जनाको जमानत जफत भएको छ ।जिल्लाका चारवटै निर्वाचन क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको हो भने १३ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ४३ पैसा र बिक्रीदर १४८ रुपियाँ तीन पैसा तोकिएको छ ।
इरानमा मोजतबा खामेनी नयाँ सर्वोच्च नेता चयन हुनुभएको छ । ५६ वर्षीय उहाँ अमेरिका र इजरायली सैन्य कारबाहीमा हालै मारिएका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका छोरा हुनुहुन्छ । देशको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेताका रूपमा चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवालाई त्यहाँको रिभोलुसनरी गाड्र्सले तत्काल बफादारी व्यक्त गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
सुविधाजनक संसदीय अङ्कगणितसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मत हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ सिटमा जित हासिल गरिसकेको रास्वपा समानुपातिकको जारी गणनामा पनि निकै अघि छ । रास्वपाले समानुपातिकमा सदर मतको झन्डै आधा मत पाएको छ । सोमबार साँझसम्म रास्वपाले कुल सदर मतको ४८ प्रतिशतभन्दा बढी मत होल्ड गरेको छ । अघिल्लो संसद्का ठुला दल नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलको उपस्थिति प्रतिनिधि सभामा यस पटक निकै कमजोर बनेको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिबारे छानबिनका लागि गठित आयोगले उक्त घटनाको दोषी तत्कालीन नेतृत्व देखिएको ठहरसहित छानबिन प्रतिवेदन सरकारलाई बुझाएको छ । आयोगले तत्कालीन अवस्थामा सरकारको नेतृत्वमा रहेका व्यक्ति र फिल्डमा रहेका अधिकारीको गम्भीर त्रुटि औँल्याउँदै फौजदारी तथा कानुनी कारबाहीको सिफारिस गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का डा. अर्जुनकुमार कार्की विजयी हुनुभएको छ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा–१ बाट नेपाली कम्युनिष्ट पार्टीका मातृकाप्रसाद यादव निर्वाचित हुनुभएको छ । यादवले १० हजार ४२८ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिनुभएको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ ५३२ मत मात्र बदर भएको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ कुल खसेको मत मध्य उक्त मत बदर भएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको टोलीले आज जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन तथा निरीक्षण गरेको छ ।