अनशरत स्वास्थ्यकर्मी र सरकारबीच पाँच बुँदे सहमति भएको छ।
सप्तरीको खडक नगरपालिकामा एक वृद्धको रहस्यमय मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ स्थित कल्याणपुरमा ८५ वर्षीय असर्फी साहको आइतबार राति रहस्यमय अवस्थामा मृत्यु भएको हो ।
नेपाल र क्यानाडाबिचको विविध आयाम बारेमा चर्चा गर्दै नेपाल क्यानाडा सम्बन्ध विस्तारमा पर्वतारोहण पर्यटन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ क्षेत्र नम्बर २ मा इन्जिनियर श्रीराम न्यौपानेलाई उम्मेदवार बनाएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पर्व तथा चाडपर्वहरुले विविधताबिच सामाजिक सहिष्णुता, सद्भाव र बन्धुत्व कायम गर्न योगदान गर्ने बताउनुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारको टुङ्गो लाग्ने क्रम जारी छ । उम्मेदवार मनोनयन दर्ता गर्ने अघिल्लो दिनसम्म जिल्लामा सक्रिय धेरै दलहरुले आआफ्ना उम्मेदवारहरुको तय गरेका छन् । नेपाली कांग्रेस बाहेकका दलहरुले उम्मेदवार तोकिसकेका हुन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यसवर्ष धान उत्पादनमा गत वर्षको तुलनामा दुई लाख ५० हजार ३५० मेट्रिकटन कमी हुने जनाएको छ ।
नेकपा (एमाले) ले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले निकट राष्ट्रिय युवा सङ्घका अध्यक्षसमेत रहनुभएका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो।
चालु आर्थिक वर्ष २०८२र८३ को ६ महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २५ दशमलव ८४ प्रतिशत अर्थात् १७ अर्ब ४३ करोड ५८ लाख ७७ हजार राजस्व सङ्कलन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सल्यान जिल्लाबाट रमेश कुमार मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पूर्व राज्यमन्त्री गोविन्दनाथ उप्रेतीको आज निधन भएको छ ।काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उहाँको निधन भएको हो ।
नेकपा (एमाले) ले दाङ क्षेत्र २ बाट पार्टी महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई उम्मेदवार मनोनयनपत्र प्रदान गर्नुभएको महासचिवको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ ।
मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ ।