• १६ वैशाख २०८३, बुधबार

कांग्रेसको राष्ट्रियसभाको सचेतकमा परियार

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख १६ गते । नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनित गरेको छ ।

कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि सचेतकमा उहाँलाई आज मनोनयन गर्नुभएको संसदीय दलको कार्यालयले जनाएको छ ।