बाजुराको पूर्वीउत्तर क्षेत्रका बासिन्दाको दानसाँगुखोलामा ज्यान जोखिम राखेर वारपार गर्नुपर्ने समस्या बल्ल हट्ने भएको छ । मार्तडी–कोल्टी सडकको बिचमा पर्ने दानसाँगुखोलामा पुनल बन्ने भएपछि स्थानीय खुशी भएका छन् । विगत लामो समयदेखि पुल नहुँदा कुन्डावासीले दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको थियो । बुढीनन्दा नगरपालिका–२ का स्थानीय दीपक विकले दानसाँगुखोलामा पुल निर्माणको काम तीव्र पारेपछि बुढीनन्दा हिमाली स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकालगायतका स्थानीयलाई समेत बर्खाको समय निकै सहज हुने अपेक्षा व्यक्त गर्नुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
गुल्मीको छत्रकोट गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सबै वडामा महिला रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
भागेश्वर गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने सडक क्षेत्रका संरचना हटाउन अन्तिम चेतावनी दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माणाधीन बागबजार–बगरकोट–सिराड–रूपाल सडकखण्डमा पर्ने संरचना हटाउन सूचना जारी गरेको छ । पूर्वाधार विकास कार्यालय डडेलधुराले जारी गरेको सूचनामा सडक क्षेत्राधिकारभित्र पर्ने घरटहरा तथा अन्य संरचना सात दिनभित्र स्वयम् हटाउन सम्बन्धित घरधनी तथा जग्गाधनीलाई आग्रह गरेको छ ।
बैतडीको पुर्चौडीमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण प्रक्रिया ढिलो हुँदा सेवाग्राही दुई सातासम्म कुर्न बाध्य छन् । इलाका प्रशासन कार्यालयमा कार्यरत नागरिकता दिने अधिकारी शाखा अधिकृत शङ्करबहादुर बोहोराको गत मङ्सिर २२ गते जिल्लाकै सिगास गाउँपालिकामा सरुवा भएपछि उतिबेलादेखि नै नागरिकता सेवा बन्द भएको हो । उहाँको सरुवा भएपछि दुई महिना नागरिकता सेवा पूरै ठप्प भएको इलाका प्रशासन कार्यालय पुर्चौडीमा कार्यरत कम्प्युटर अपरेटर एवं सूचना अधिकारी बोमबहादुर खत्रीले जानकारी दिनुभयो ।
बागलुङको बडिगाडमा चट्याङ लाग्दा एक युवती गम्भीर घाइते हुनुभएको छ । शनिबार चट्याङ लाग्दा बडिगाड गाउँपालिका–१० पात्लेकी १९ वर्षीया शर्मिला रसाइली गम्भीर घाइते हुनुभएको हो ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीको श्राद्धस्थलबाट शनिबार कालिगण्डकीमा बेपत्ता भई अचेत अवस्थामा भेटिएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ ।
युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृति ‘मुनाल (बतासे प्रेम)’ मुक्तकसङ्ग्रहको लोकार्पण, परिचर्चा तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको आङ्गिक शिक्षालय ‘स्कूल अफ हेल्थ साइन्स’, भरतपुरले पूर्ण छात्रवृत्तिको कोटा वृद्धि गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–६ मा पहिलोपटक सडक कालोपत्र गर्न थालिएको छ । हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र गरिएका थिएनन् ।
जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन ।
समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हँुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् ।
योजनाको करिब ७५ प्रतिशत काम सम्पन्न भएसँगै सल्यानको लामाडाँडाका बासिन्दा वर्षौंदेखिको खानेपानी समस्या समाधान हुने आशामा छन् ।
इतिहासका कतिपय दिन त्रासदीपूर्ण भएर स्मृतिमा आइरहन्छन् । वैशाख १२ गते यस्तै दिनका रूपमा सम्झनामा आउँछ । ११ वर्षअघि २०७२ वैशाख १२ गते ११.५६ बजेको समय भावी दिनमा पनि बिर्सन सकिने छैन । त्यो दिनले नेपालको पूर्वाधार विकासमा बलियो संरचनाको सधैँ माग गर्ने छ । गोरखाको बारपाक केन्द्रविन्दु भई ७.९ म्याग्निच्युडको भूकम्पले नेपाली सभ्यतालाई ठुलो चुनौती दियो । भूकम्पमा परेर आठ हजार ९६२ जनाभन्दा बढीको ज्यान गयो । ठुलो सङ्ख्यामा घाइते भए । देशका ३२ जिल्ला प्रभावित भए । हजारौँहजार घर भग्नावशेषमा परिणत भए । इतिहास सम्झाउने धरहरा टुक्रा टुक्रा भयो । थुप्रै पुरातात्त्विक सम्प
नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति ९आरसिओडी० संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।