इरानमा फेब्रुअरी २८ देखि जारी इन्टरनेटको अवरोधले ५७ दिन पूरा गरेको छ । यो एक विश्वव्यापी रेकर्ड हो । युद्ध र आन्तरिक सुरक्षाको नाममा लगाइएको यो प्रतिबन्धले देशको अर्थतन्त्र तहसनहस भएको दाबी गरिएको छ ।
जानकी नवमीको अवसरमा शनिबार साँझ जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा सवा लाख दीप प्रज्वलन गर्दै सर्वसाधारण ।
कैलालीमा एकै दिन २५३ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डलले मानव एकता दिवसको अवसरमा कैलाली जिल्लाका टीकापुर लगायतका पाँच स्थानमा आयोजना गरिएको रक्तदानबाट २५३ पिन्ट रगत सङकलन भएको हो ।
विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै २३ जनाको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन जरुरी रहेको बताउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले क्षमताभन्दा दोब्बर भार बोकेर नेपाल प्रवेश गरेका भारतीय सवारी साधनमाथि कडा कारबाही गरेको छ ।
पाँचथर फिदिम नगरपालिका पाँचथरमा आयोजित १६ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा पहिलो स्थान सुरक्षित गर्न सफल भएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ खच्चा क्षेत्रमा पर्ने कर्णाली कोरिडोर सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
अग्रज कवि एवं साहित्यकार स्नेह सायमी सम्मानित हुनुभएको छ ।
पछिल्लो चार वर्षमा स्याङ्जामा पाँच जना औलो सङ्क्रमित भेटिएका छन् ।
काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका अनधिकृत बस्ती हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
गत वैशाख ५ गतेदेखि सुरु भएको ‘इलाम गोल्डकप’ को उपाधि मछिन्द्र फुटबल क्लब, काठमाडौँले हात पारेको छ । यससँगै मछिन्द्रले नगद १० लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।
क्यानडाको टोरन्टो सहरमा नेपाली समुदायका लागि एक ऐतिहासिक उपलब्धि हासिल भएको छ। यसअघि टोरन्टोका मेयरबाट ‘नेपाली हेरिटेज विक’ का रूपमा प्राप्त औपचारिक स्वीकृतिलाई परिमार्जन गर्दै अब हरेक वर्षको अप्रिल महिनालाई ‘नेपाली हेरिटेज मन्थ’ का रूपमा मनाउने निर्णय गरिएको छ।
नेपालगन्जमा प्रहरीले शनिवार केही राउन्ड गोली प्रहार गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।