पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका लागि चौथो पटक सूचना जारी गरिएपनि आवेदन परेको छैन ।
राजनीतिक दलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार टुङ्गो लगाउन छलफल जारी राखेका छन् । निर्वाचन आयोगले माघ ६ गते अर्थात् मङ्गलबार उम्मेदवारी
गुल्मीको रेसुङ्गा नगरपालिकामा अव्यवस्थित रुपमा बसोवासी गर्दै आउनुभएकाले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गर्नुभएको छ ।
लगानी बोर्ड नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि तयारी सुरु गरेको छ
बाँके राष्ट्रिय निकुञ्जबाट बारम्बर प्रवेश गर्ने पाटे बाघलगायत हिंस्रक वन्यजन्तुका कारण सल्यानको कालीमाटी गाउँपालिका–६ र ७ का बस्ती दीर्घकालीन जोखिममा परेका छन्।
निर्वाचन आयोगले समानुपातिकको बन्दसूची सार्वजनिक गरेको छ । पुस १३ र १४ गते राजनीतिक दलले पेस गरेको बन्दसूची जाँचबुझपछि संशोधन र फिर्ता गरी बाँकी उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा ८०८ जना निर्वाचन प्रहरी अपुग भएका छन् ।
कोही पात टिप्ने, कोही मुठा पार्ने, कोही बाँसका कप्टेरा चिरेर सिन्का बनाउने त कोही लाफा गाँस्ने अनि कोही चाहिँ ओइलाएका पात मिलाएर मेसिनमा पेल्दै टपरी निकाल्ने । फिदिम
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वहरूले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सोनाम ल्होसारको शुभकामना सन्देश दिँदै उहाँले पर्वहरूबाट नेपालीबिच सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयपछि व्यवस्थित पर्यटक सूचना केन्द्र सञ्चालनमा आएको छ । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई एकै स्थानबाट आधिकारिक
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचा
सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । बन्गाड कुपिण्डे नगरपालिका–१० अन्तर्गत शिव आधारभूत विद्यालयदेखि खानीगाउँसम्म सडक निर्माणका क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक आज सम्पन्न भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक बसेको थियो ।
पाल्पाको निस्दी गाउँपालिका –४, मित्यालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । निस्दी गाउँपालिकाको कार्यालयमा कार्यरत निस्दी –४ खोप्लाक बस्ने ३५ वर्षीय लालबहादुर खन्गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० जनाले आवेदन दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागी ९५० जनाले आवेदन दिएका हुन् ।