नेपालगन्जमा प्रहरीले शनिबार केही राउन्ड गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।
दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई थप सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले लाभग्राहीको घरदैलोमै पुगेर भत्ता वितरण सुरु गरेको छ ।
नेपाल एकेडेमी अफ न्युरोलोजी (नान) ले निजी क्षेत्रबाट सञ्चालित एक वर्षे न्युरोलोजी फेलोशिप कार्यक्रमलाई विशेषज्ञको मान्यता नदिन सरोकारवालासँग आग्रह गरेको छ ।
गभर्वती मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले डा.सतिशकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा आयोजित ‘पाँचौँ गुल्मी महोत्सव’ मा गिठीको काठबाट निर्माण गरिएका ठेकी आकर्षणको केन्द्र बनेका छन्।
प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
दाङको गढवा गाउँपालिका–५ स्थित बोधीपुरका किसानले व्यावसायिक रूपमा गरेको बोडी खेती । यहाँ पानीको सुविधा भएकाले बाह्रै महिना खेती हुने गरेको छ।
सरकारले काठमाडौँ उपत्यकाका नदी किनार र जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गा बनाइएका बस्ती खाली गराउने कार्य जारी राखेको छ ।
पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीबिच शनिबार यहाँ भेटवार्ता भएको पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
बालअधिकार, श्रमिक अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील नागरिक संस्थाहरूले बालश्रम अन्त्यका लागि बालश्रमसम्बन्धी ऐनलाई कार्यान्वयनयोग्य बनाउन आग्रह गरेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरुद्धको खेलमा टोलीले देखाएको जुझारुपन र आत्मविश्वास नै जितको मुख्य आधार रहेको बताउनुभएको छ ।
रुसका लागि इरानका राजदूत काजेम जलालीले इरानले जारी युद्धका बाबजुद सातौं क्यास्पियन शिखर सम्मेलन आयोजना गर्ने योजना बनाएको बताउनुभएको छ । “अहिले, हामी सम्मेलन गर्ने योजना बनाइरहेका छौँ र यदि परिस्थितिले अनुमति दियो भने कार्यक्रम निश्चित हुनेछ,” जलालीले भन्नुभयो ।
इरानसँग सम्बन्धित युद्धका कारण विश्व बजारमा तेल आपूर्ति गम्भीर रूपमा प्रभावित हुन थालेको छ, जसको प्रभाव अब दैनिक उपभोग्य वस्तुमा पनि स्पष्टरूपमा देखिन थालेको छ । मध्यपूर्व क्षेत्र विश्वको प्रमुख तेल आपूर्तिकर्ता भएकाले त्यहाँ उत्पन्न भएको तनाव र युद्धले कच्चा तेलको आपूर्ति घटाएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ ।
अमेरिकी राजदूतहरू इरानसँग शान्ति वार्ताको नयाँ चरण सुरु गर्न शनिबार पाकिस्तानको राजधानी इस्लामावादतर्फ प्रस्थान गरेका छन् ।