सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठक आज सम्पन्न भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीको संयोजकत्वमा बैठक बसेको थियो ।
पाल्पाको निस्दी गाउँपालिका –४, मित्यालमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । निस्दी गाउँपालिकाको कार्यालयमा कार्यरत निस्दी –४ खोप्लाक बस्ने ३५ वर्षीय लालबहादुर खन्गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० जनाले आवेदन दिएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागी ९५० जनाले आवेदन दिएका हुन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार विदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।
धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (साम्पाङ) ले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजैदेखि लागू हुनेगरी उपप्रमुख अइन्द्रविक्रम बेघासमक्ष राजीनामा पेस गर्नुभएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले राजीनामा दिएसँगै उपप्रमुख सुनिता डङ्गोल कार्यवाहक प्रमुख बन्नुभएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिको प्रचलित कानुनी व्यवस्थाबमोजिम महानगर प्रमुख साहले राजीनामा दिएसँगै उहाँ कार्यवाहक प्रमुख बन्नुभएको हो ।
धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) तथा धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आइतबार साँझ आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) जनकपुरधाम आइपुग्नुभएको छ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट जोगाउन मध्यमार्गी भूमिका खेल्दा दबाब झेल्नुपरेको बताउनुभएको छ।
नेपाली सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा भद्रकालीमा बृहत सैन्य प्रदर्शनी सुरु भएको छ ।
उदयपुर र भोजपुर जिल्ला जोड्ने सुनकोशी नदीमा मापदण्ड विपरित सञ्चालन हुँदै आएको अस्थायी फेरीको लापरबाहीका कारण यात्रुबाहक बस कोशीमा डुबेको छ ।
उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा आइतबार अपरान्ह भएको सवारी दुर्घटनामा परी चालक र सहचालकको मृत्यु भएको छ।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले अहिलेको परिस्थिति सामान्य नभएको र चुनावमा सरल ढङ्गले नजाने बताउनुभयो ।
गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको गीतको भिडियो रिलिज भएको छ।