कास्की प्रहरीको पछिल्लो स्विप अप्रेसनमा थप ६१ जना पक्राउ परेका छन् ।
गुल्मीमा कुपोषित बालबालिकाको खोजपड्ताल गरिने भएको छ।
बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय रन बनायो । नेपालका लागि दीपेन्द्रले ७५ रन बनाउनुभयो । उहाँले ९० बलमा पाँच चौका र दुई छक्का हान्नुभयो ।
थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका छन् । हालसम्म ४० प्रतिशत टहरा हटाइएका छन् ।
सिङ्गापुर र अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायबिच सन् २०२६ देखि २०३१ सम्मका लागि नयाँ सहकार्य ढाँचा सम्बन्धी चौथो सम्झौतामा हस्ताक्षर भएको छ । यो ढाँचा मध्यम अवधिको प्राविधिक सहकार्यलाई मार्गदर्शन गर्ने महत्वपूर्ण आधारका रूपमा रहने जनाइएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएको छ, जसमा हमासद्वारा सञ्चालित आन्तरिक सुरक्षा निकायसँग आबद्ध ७ जना प्रहरी पनि रहेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङ र भारतका राजदूत नवीन श्रीवास्तवले शुक्रबार बेग्लाबेग्लै भेट गर्नुभएको छ ।
प्यालेस्टिनी क्षेत्रका विभिन्न स्थानमा प्रहरीलाई लक्षित गरी भएको इजरायली आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको गाजाको नागरिक रक्षा एजेन्सीले जनाएको छ ।
युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध वा शुल्क बिना तत्काल पुनः खोलिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले यसलाई विश्वव्यापी अर्थतन्त्र र आपूर्ति प्रणालीका लागि अत्यन्त महत्वपूर्ण विषयका रूपमा उल्लेख गर्नुभयो ।
२०७२ साल वैशाख १२ गते, त्यो कालो दिन, जसले हजारौँको ज्यान लियो र लाखौँलाई घरबारविहीन बनायो। विनाशकारी भूकम्पको त्यो त्रासदीले धेरैको सपना भत्कायो। तर १० वर्ष बितिसक्दा पनि केही ठाउँहरूमा समय अझै त्यही दिनमा रोकिएको जस्तो लाग्छ। काठमाडौंको असन–मरु क्षेत्र यस्तै एउटा उदाहरण हो।
सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रका व्यापारीहरूले प्रयोग गर्दै आएका नापतौलसम्बन्धी उपकरणहरूको चेकजाँच तथा नवीकरण सुरु गरिएको छ। वराहक्षेत्र उद्योग वाणिज्य संघ, चक्रघट्टीको आयोजनामा नापतौल शिविर सञ्चालन गरिएको हो।
जानकी नवमीको अवसरमा जनकपुरधामस्थित दुग्धमति नदीमा साधुसन्त, वृद्धवृद्धा, महिला तथा युवा भक्तजनहरूको घुइँचो लागेको छ।
जिल्लामा व्यावसायिक रूपमा टमाटर खेती गर्ने किसानहरू अहिले नयाँ प्रविधि प्रयोगतर्फ अग्रसर भएका छन्। लामो समयदेखि टमाटर खेतीमा संलग्न किसानहरूले जङ्गली भान्टामा टमाटरको बेर्ना कलमी गरेर बिरुवा उत्पादन गरेका हुन्।