मुस्ताङको घरपझोङ गाउँपालिका-१ स्थित छैरो गाउँ, पृष्ठभूमिमा कालीगण्डकी नदी र आसपासको क्षेत्र ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार गरिएको छ।
एपिएफ क्लबले राष्ट्रिय लिग फुटबलमा विजयी सुरुवात गरेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई १–० गोलले हरायो ।
अनशनरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्ट बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा निर्वाचन कार्यालय अगाडि प्रदर्शन भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइनलमा अनिशाले केडबलुडब्लुकी सुप्रिया गुरुङ तथा विन्दुले एपीएफकी निसा सुनुवारलाई पराजित गर्नुभयो ।
विगत चार दशकदेखि भाषा, साहित्य, कला, संस्कृति तथा धर्म–दर्शनको श्रीवृद्धिमा सक्रिय रहनुभएका साहित्यकार तथा संस्कृतिविद पद्मराज जोशी ‘प्रभात’ को नाममा स्थापित पद्म प्रभात प्रतिष्ठान २०७९ ले यस वर्ष २०८२ का लागि विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को पुस २८ गतेका लागि तय भएको निर्वाचन रोक्न उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश दिएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ।
नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साइकलयात्राको तयारी सुरु गरिएको छ । आयोजक नेपालगञ्ज साइक्लिङ्ग क्लवले यात्राको ब्यवस्थित तयारीका लागि नेपालगञ्जमा आइतबारदेखि सचिवालय स्थापना गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय कार्यालय पुग्नुभएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औं राष्ट्रिय महाधिवेशन माघ ९ र १० गते विराटनगरमा आयोजना हुँदैछ।