आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ।
नेपालगञ्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको टुर दि ठाकुरद्वारा साइकलयात्राको तयारी सुरु गरिएको छ । आयोजक नेपालगञ्ज साइक्लिङ्ग क्लवले यात्राको ब्यवस्थित तयारीका लागि नेपालगञ्जमा आइतबारदेखि सचिवालय स्थापना गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह पहिलो पटक पार्टीको केन्द्रीय कार्यालय पुग्नुभएको छ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औं राष्ट्रिय महाधिवेशन माघ ९ र १० गते विराटनगरमा आयोजना हुँदैछ।
नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपमा भारतसँग बराबरी खेलेको छ ।
नेपाल उद्योग परिसङ्घ (सिएनआई)ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ। आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिनुभएको हो।
सल्यान कालिमाटीदेखि सदरमुकाम खलङ्गा जोड्ने सडकको सुकिदह क्षेत्रमा सुख्खा पहिरो झरेकाले सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिमाटी गाउँपालिका –३ अन्तर्गत पर्ने सुकिदह क्षेत्रमा गएराति ठुलो सुख्खा पहिरो खस्दा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवार टुङ्ग्याउने कार्य गरिरहेको बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाको तीन वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानीकर्तालाई छिटो, सहज र समन्वयात्मक सेवा उपलब्ध गराउने उद्देश्यसहित लगानी बोर्डको कार्यालयले एकल विन्दु सेवा केन्द्र सञ्चालनका लागि गृहकार्य अघि बढाएको छ ।
नेत्रहीन क्रिकेट सङ्घ नेपालले विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यमा सन् २०२६ भित्र देशका सातै प्रदेशका १७ स्थानमा समावेशी क्रिकेट पिच तथा बहुउद्देश्यीय खेल कोर्ट निर्माण गर्ने अभियान अघि बढाएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा वालिङ नगरपालिका सेमिफाइनमा प्रवेश गरेको छ ।