गुल्मीमा चार वर्षको समय अवधिमा १४२ जना शिक्षकहरुले राजीनामा दिएका छन् । चालु आर्थिक वर्षको हालसम्म मात्रै १८ जना शिक्षकले राजीनामा दिएका छन् ।
इ–रिक्सा चालकहरूले लिखित परीक्षाको प्रावधान हटाई लाइसेन्स प्राप्त गर्ने वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् । अटोटेम्पो तथा इ–रिक्सा व्यवसायी संघ, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकांश इ–रिक्सा चालकहरू निरक्षर भएकाले लिखित परीक्षाको सट्टा मौखिक वा सरल विकल्पको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नवप्रवर्तनलाई प्राथमिकतामा राखेर योजना तथा कार्यव्रmम तर्जुमा गर्नुपर्ने बताउनुभएको छ । प्रदेश तथा स्थानीय शास
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
नवलपुरमा सञ्चालित चौधरी ग्रुपका उद्योगहरूबाट निस्कने लेदोजन्य फोहोरको असुरक्षित व्यवस्थापनका कारण अत्यधिक मात्रामा दुर्गन्ध फैलिने गरेको छ । सो फोहोरले भूमिगत पानीको स्रोतमै प्रदूषण फैलाउने सम्भावना उच्च देखिएको एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।
सुनसरीको श्री प्रकाश माध्यमिक विद्यालयका पूर्वविद्यार्थीद्वारा स्थापित श्रीवृद्धि कोषबाट ६१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सात वर्षअगाडि पूर्वविद्यार्थीद्वारा स्थापित गरिएको कोषबाट गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
बाँकेको कोहलपुरदेखि सुर्खेत हुँदै दैलेखको चुप्रासम्म विस्तार हुने १३२ केभी प्रसारण लाइन आयोजनाको काम तीव्र रूपमा अघि बढाइएको छ । पछिल्लो समय आयोजना अन्तर्गत दैलेखका विभिन्न क्षेत्रमा टावर निर्माण कार्य धमाधम भइरहेको हो ।
कञ्चनपुरको वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । लगातार तीन दिनदेखि निकुञ्ज क्षेत्र अन्तर्गतका वनक्षेत्र तथा डिभिजन वन कार्यालय अन्तर्गतका वनक्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउन नसकेको हो ।
तनहुँको देवघाटमा वन्यजन्तुका अङ्ग (आखेटोपहार) र लागुऔषधसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देवघाट गाउँपालिका–५ सेतीभतेरी टोल बस्ने ३६ वर्षीय ‘रोहित’ भन्ने कृष्ण तामाङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक (डिआइजी) को संयोजकत्वमा उच्चस्तरीय पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदको धर्ना शुव्रmबार दिउँसोदेखि टुङ्गिएको छ ।
काठमाडौँ जाने मुख्य राजमार्ग मुग्लिङ–मलेखु सडकखण्ड विस्तारको काम साढे तीन वर्षअगाडिबाट सुरु भए पनि यसको ४३ प्रतिशत मात्र काम भएको छ । यससँगै मलेखुदेखि नागढुङ्गासम्मको सडक विस्तारको पनि ठेक्का
काठमाडौँको तिनकुने गैरिगाउँस्थित बागमती किनारामा रहेका सुकुम्बासीले आज (शनिबार) आफ्नो सरसामान सार्न थालेको छ ।
जाजरकोटको नलगाड नगरपालिकामा शैक्षिक सत्र २०८३ का लागि विद्यालय भर्ना अभियान सुरु गरिएको छ । अभियानको शुभारम्भ नलगाड नगरपालिका–३, कैनास्थित सूर्योदय माध्यमिक विद्यालयबाट गरिएको हो ।
गुल्मीमा जिल्ला प्रशासन कार्यालयले वैशाख १० गतेदेखि हुलाकमार्फत नागरिकको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ । यस खबरले नागरिकमा उत्साह थपेको छ ।
बहत्तर साल वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पको केन्द्रबिन्दु बारपाक । बारपाकनजिकै रहेको लाप्राक गाउँकी ५३ वर्षीय महिलाले त्यो भूकम्प सम्झँदै भनिन्, “मकै बारीमा थिएँ । जमिन यसरी हल्लियो कि उभिन नै सकिनँ ।