यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३१ दशमलव १२ अङ्कले बढेर दुई हजार ६७२ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी जनमानसमा रहेको विश्वासलाई अभिवृद्धि गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।
प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटमा वालिङ नगरपालिका सेमिफाइनमा प्रवेश गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समितिलगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
थारू समुदायमा भलमन्सा चयनको कार्य चटारो चलेको छ । गाउँको नेतृत्व गर्नका लागि भलमन्सा छानिन थालेको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिनु भएको छ ।
कोशी प्राइड प्रा।लीले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपिएल) तेस्रो संस्करणको अक्सन सम्पन्न भएको छ ।
काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सँगै जेनजी अगुवा सुधन गुरुङसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नु हुने भएको छ ।
हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको सातौं दिन शनिबार शीर्षस्थानमा रहेका अभिक शाहले उजिभानी कँडेललाई पराजित गर्दै पाँच अङ्कको अग्रतालाई कायमै राख्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ ।
काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि मनोनयनको समय नजिकिँदै गर्दा नवलपुरबाट टिकट पाउन नेताहरूको दौडधुप बाक्लिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनु पर्नेमा जोड दिनु भएको छ ।
प्युठानमा बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–४, खवाङ निवासी ३२ वर्षीया रिमा गिरीको बसको ठक्करबाट ज्यान गएको हो ।