सिन्धुली जिल्लामा यो वर्ष वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढेसँगै किसानको खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ । कमला नदी, मरिण, चँदाहा, जिर्घा, खहरेलगायतका खोलामा आएको बाढीले किसानको खेत कटान गरेको स्थानीयले बताएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
डोटीका दुई वटा पालिकासँग सीमा जोडिएको महाभारत पर्वतमा अवस्थित गन्यापधुरा गाउँपालिकाको मुकाम बडालमा खानेपानी पुर्याइएको छ तर खानेपानी पुर्याइए पनि काम गरेका मजदुर र निर्माण सामग्री खरिदबापतको करिब २५ लाख रुपियाँ तिर्न अझै बाँकी छ ।
नेपाल भारत सीमा नाकासँग जोडिने पुल वर्षौदेखि निर्माण हुन नसक्दा सर्वसाधारणले आवतजावत गर्न सास्ती ब्यहोर्नु परेको छ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा विकास निर्माणसहित विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।
ताप्लेजुङमा यसवर्ष करिव ८० प्रतिशत मात्र रोपाइँ भएको छ । रोपाइँका लागि पर्याप्त वर्षा नहुँदा धान खेती हुने सबै जमिनमा रोपाइँ हुन नसकेको हो ।
सङ्घीय शिक्षा ऐनसँग बाझिएपछि कैलालीको घोडाघोडी नगरपालिकाले प्रधानाध्यापकको नियुक्ति रद्द गरिएको छ । गत भदौमा खुला आवेदनबाट नगरपालिकाका विभिन्न विद्यालयमा २७ जना प्रधानाध्यापक नियुक्त गरिएको थियो ।
महिलाको मुद्दालाई अगाडि बढाउन पुरुषले पनि साथ दिन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । महिला समन्वय समिति सुदूरपश्चिम प्रदेश सभाले मङ्गलबार धनगढीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले महिलाको मुद्दामा पुरुषको साथ पनि आवश्यक रहेको बताएका हुन् । कार्यक्रममा प्रतिनिधि सभा सदस्य रेनु चन्दले बहुविवाहले महिलालाई मात्रै नभई पुरुषलाई पनि असर गर्ने भएकाले यसको विरुद्धमा पुरुषले पनि बोल्न जरुरी रहेको बताउनुभयो । “मानवीय जीवनमा मजाकिया तरिकाले कानुन ड्राफ्ट गर्न मिल्दैन,” उहाँले भन्नुभयो, “बहुविवाहले पुरुषलाई पनि असर गर्छ ।”
देशको अर्थतन्त्रले लक्ष्य अनुसारको गति लिन नसकेको चौतर्फी विमर्श छ । अर्थतन्त्रका कतिपय सूचक सकारात्मक हुँदाहुँदै पनि लगानीले गति लिन सकेको छैन । बैङ्क तथा वित्तीय संस्थासित अहिले पनि झन्डै आठ खर्ब रुपियाँ तरलता छ
सप्तरीको खडक नगरपालिका– ७ घर भएका उपेन्द्र भगत रौतहटको गौरमा मृत फेला परेका छन् । गौर नगरपालिका– ५ स्थित नेपाल लजको कोठा नम्बर २०२ मा सोमबार ५८ वर्षीय भगत मृत फेला परेका हुन् ।
राज्यद्वारा नागरिक हित प्रवर्धन गर्न प्रवाह हुने सबै सेवा सार्वजनिक सेवा हुन् । राज्य सञ्चालनको केन्द्र भागमा रहने सरकारले आफ्ना नागरिकसमक्ष पुग्ने माध्यमका रूपमा सार्वजनिक सेवालाई लिएको हुन्छ । सेवाको आवश्यकता पहिचान, वित्तीय स्रोतको प्रबन्ध, वितरणको संस्थागत संरचना निर्माण साथै आवश्यक नीतिगत तथा कानुनी प्रबन्धलगायत कार्य आफैँले गरी वितरण कार्यमा कर्मचारीतन्त्रको भूमिका स्वीकार गर्नुपर्ने सर्वव्यापी अभ्यास छ । यद्यपि सरकारको सोच, लक्ष्य, उद्देश्य तथा रणनीतिबमो
सरकार नाफामूलक संस्था होइन, यसले लाभ लागत अनुपात नहेरी जनकल्याणको क्षेत्रमा लगानी गर्नु पर्छ ।
जापानिज इन्सेफलाइटिसको सङ्क्रमणका कारण दाङमा एक महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–१ निवासी ६० वर्षीय एक पुरुषको जापानिज इन्सेफलाइटिसको सङ्क्रमित भई मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय दाङले पुष्टि गरेको छ ।
१. नेपालले रुबेला रोग निवारण गर्ने सफलता कहिले हासिल गरेको हो ? विसं २०८२ भदौ २ – विश्व स्वास्थ्य सङ्गठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रुबेला रोग निवारण भएको बताएको । – दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्याल
गाजाको दहसँग थुप्रै मिथक र किम्बदन्ती जोडिएका छन् । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–३मा रहेको गाजाको दह ४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । दहमा पातपतिङ्गर हुँदैनन । पात पतिङ्गर चराले सफागर्ने यहाँको किम्बदन्ती छ ।