काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह (बालेन)सँगै जेनजी अगुवा सुधन गुरुङसमेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्नु हुने भएको छ ।
हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेसको सातौं दिन शनिबार शीर्षस्थानमा रहेका अभिक शाहले उजिभानी कँडेललाई पराजित गर्दै पाँच अङ्कको अग्रतालाई कायमै राख्नुभएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा सुरु गरिएको निर्वाचन प्रहरी भर्ना अन्तर्गत चार हजार ८२८ जनाले आवेदन दिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले का अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनुहुनु भएको छ ।
काठमाडौँ उपत्यकामा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति नागरिकलाई सचेत गराउने उद्देश्यका साथ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजना गरिएको ‘ट्राफिक सप्ताह’ विभिन्न सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि मनोनयनको समय नजिकिँदै गर्दा नवलपुरबाट टिकट पाउन नेताहरूको दौडधुप बाक्लिएको छ ।
अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनु पर्नेमा जोड दिनु भएको छ ।
प्युठानमा बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–४, खवाङ निवासी ३२ वर्षीया रिमा गिरीको बसको ठक्करबाट ज्यान गएको हो ।
बाजुराको गौमुल गाउँपालिका-२ माल्लोदुगुन (कुहुडा) बसोवास गर्ने स्थानीय विष्णु रोकायाको घरमा आगलागी हुँदा लाखौंभन्दा बढी रुपियाँको क्षति भएको छ ।
आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।
स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिनु भएको छ । उहाँले आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएको हो।
नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका-१, छैरो गाउँ, पृष्ठभूमिमा कालीगण्डकी नदी र आसपासको क्षेत्र ।
गोरखाको पालुङटार नगरपालिका–२, कटहरेमा एक पुरुषको शव फेला परेको छ ।
स्वास्थ्य व्यवसायी परिषद् दर्तावाला स्वास्थ्यकर्मीहरूको पाँच वटा पेसागत सङ्गठनले दुई बुँदे माग अघि सार्दै आमरण अनशन सुरु गरेका छन् ।