विश्वको इतिहासमा सुनाइसम्बन्धी समस्या भएका बहिरा तथा सुस्त श्रवण व्यक्तिलाई शिक्षण सिकाइको ऐतिहासिक उद्गम समय, स्थान, प्रयोगकर्ताको नालीबेली दिन सकिएको छैन । खोज अनुसन्धानका प्रतिवेदनमा पश्चिमा विकसित देशमा १७ औँ शताब्दीदेखि नै बहिरालाई साङ्केतिक भाषामा शिक्षा दिन थालिएका तथ्य पाइन्छ । अभ्यास अनुसन्धानकै क्रममा केही विवाद, केही उपलब्धि, केही द्विविधा हुँदै सन् १८८० मा आइपुग्दा ‘इन्टरनेसनल कांग्रेस अन डेफ एजुकेसन’ को इटलीमा भएको विश्व सम्मेलन नामक भेलाले विद्यालयमा शिक्षक र विद्यार्थी दुवैले शिक्षण सिकाइका क्रममा साङ्केतिक भाषाको प्रयोग नगर्ने प्रस्ताव पारित गरी ओठे भाषा वा मौखिक विधिमा अध्यापन गर्न सिफारिस गरेको थियो । समयक्रममा सन् १९६० मा अमेरिकाका विलियम स्टोके भन्ने व्यक्तिले साङ्केतिक भाषा पनि अन्य भाषा जस्तै भाषिक क्षमता राख्न सक्छ भनी खोजमूलक सामग्री प्रकाशन गरेर साङ्केतिक भाषालाई सबलता प्रदान गरेपछि बहिरा शिक्षणमा नयाँ उभार आएको थियो ।
द्विभाषीय पद्धति
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिको शिक्षामा पूर्ण सञ्चार विधि (साङ्केतिक भाषा, मौखिक वा ओठको भाषा, लिखित भाषा, अनुहार र शारीरिक हाउभाउ .... इत्यादि) प्रयोग हुँदै गर्दा द्विभाषीय पद्धतिको अवधारणा आएको हो । तत्कालमा द्विभाषीय पद्धति साङ्केतिक भाषाको विकल्पमा नभई सहयोगी भूमिकामा आएको थियो । वर्तमानमा बहिरा शिक्षामा सहयोगी मात्र नभई अनिवार्य आवश्यकता जस्तै भएको छ । बहिरा विद्यार्थीको सांस्कृतिक र भाषिक पहिचानको संरक्षण गर्न र उनीहरूको सञ्चार, सामाजिक समावेशीकरण र शैक्षिक प्रगति सुनिश्चित गर्न दुई वटा भाषा प्रयोग गरी शिक्षा दिने पद्धति नै द्विभाषीय पद्धति हो । यस पद्धति साङ्केतिक भाषालाई प्रमुख भाषा मानेर दोस्रो भाषाको विकासमा सहयोग पु¥याउने शैक्षिक रणनीति हो । बहिरा शिक्षणमा साङ्केतिक भाषा र लिखित वा मातृभाषाको संयोजन गरी शिक्षण गर्दा विद्यार्थीलाई नेपाली, अङ्ग्रेजीलगायत दोस्रो भाषामा पहुँच बढाउन सहयोग गर्छ । द्विभाषीय पद्धति अन्तर्गत बहिरा शिक्षणमा सामान्यतया यी दुई भाषा हुन्छन् । १. साङ्केतिक भाषा : यो बहिरा विद्यार्थीको पहिलो भाषाको रूपमा प्रयोग गरिन्छ । २. लिखित भाषा : जस्तै नेपाली, अङ्ग्रेजी भाषा, यी दोस्रो भाषाको रूपमा प्रयोग गरिन्छन् ।
अन्तर्राष्ट्रिय अभ्यास
सन् १८ औँ शताब्दीको सुरुमा अमेरिकाको भर्जिनियाको कोब्समा बहिराका लागि विद्यालय खोलिएको थियो । १८१६ मा त्यो बन्द भयो किनभने यसबेला बहिरा प्राकृतिक साङ्केतिक भाषा प्रयोग गर्थे । विद्यालयमा त्यस्ता विद्यार्थीलाई दण्डित गरिन्थ्यो । १८१७ मा अमेरिकन स्कुल फर दी डेफ सुरु गरिएको थियो र यहाँ साङ्केतिक भाषा प्रयोग गरिन्थ्यो । सन् १८ औँ र १९ औँ शताब्दीको सुरुसम्म धनी तथा ठुला व्यापारीले बहिरा छोराछोरीलाई शिक्षाका लागि स्कटल्यान्डको एडिनवर्गमा (१७६० मा डेफ एन्ड डमहरूका लागि खोलिएको एकेडेमी) मा पढाउँथे र त्यहाँ पनि मौखिक विधिकै प्रयोग हुन्थ्यो । सन् १८६३ मा वासिङ्टन डिसी मा ग्यालडेड कलेज स्थापना भई त्यहाँ साङ्केतिक भाषा प्रयोगमा विश्वास गरी व्यवहार गरिएको हुन्थ्यो तर यो परमेश्वरका लागि साङ्केतिक भाषामार्फत दिमाग र आत्मा खोल्छ भनी विश्वास गर्ने समूहद्वारा गरिएको थियो ।
कालान्तरमा सन् १८८० मा इटलीको मिलानमा भएको बहिरा प्रशिक्षकको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले बहिराका लागि शिक्षणमा प्रयोग हुँदै आएको साङ्केतिक विधिलाई प्रतिबन्धित गरी मौखिक वा ओष्ठ विधिलाई सिकाइ र सञ्चारको माध्यम भाषाको रूपमा प्रयोग गर्ने निर्णय ग¥यो । यसमा खास बहिराहरूले चित्त बुझाएनन् । उक्त निर्णयको विकल्पमा बहिराहरूले गोप्य रूपमा लेखन विधिका साथै साङ्केतिक भाषा प्रयोग गरी साञ्चारिक व्यवहार गर्दै आएका थिए । यस सत्यतालाई अमेरिकाले स्वीकार गर्दै अमेरिकाको ग्यालोडेड स्कुलमा साङ्केतिक भाषाको प्रयोग गरी शिक्षण गर्न थालेको थियो । विश्व जगत्मा यसको असरका कारण इसं १८९० देखि १९६० सम्म मिश्रित विधिमा मापदण्ड तयार गरी शिक्षण गरिएको थियो । (मिश्रित विधि भन्नाले शिक्षणमा बोलीको प्रयोगसँगै लेखाइ, हस्त वर्ण र सङ्केतको संयोजन भन्ने बुझिन्छ) ।
सन् १९९१ मा जापानको टोकियोमा भएको विश्व बहिरा सङ्घको महाधिवेशनमा साङ्केतिक भाषालाई बहिराहरूको आधिकारिक भाषा मानी विकास गर्दै विश्वव्यापी बनाउनुपर्नेमा जोड दिइयो । सन् १९९३ को अगष्ट १६ देखि २० सम्म स्विडेनको स्टकहोममा बहिरा शिक्षामा द्विभाषामा आधारित विद्यालय स्तरीय विशेष पाठ्यक्रम लागु गरी साङ्केतिक भाषा र स्विडिस राष्ट्र भाषा दुवै प्रयोग गर्ने निर्धारण गरियो । यसको प्रभाव क्रमशः विश्वव्यापी बन्दै आएको छ ।
बहिरा शिक्षणमा द्विभाषीय पद्धतिको ऐतिहासिक पृष्ठभूमि धेरै महìवपूर्ण र परिवर्तनशील छ । यसको विकास विभिन्न समयमा विभिन्न शैक्षिक दृष्टिकोण, सामाजिक मान्यता र भाषिक अधिकारको आन्दोलनसँग गाँसिएको छ । समय व्रmममा १९९० दशकदेखि द्विभाषीय दृष्टिकोणको उदय भयो । द्विभाषावादसँगै पूर्ण सञ्चारको मिश्रित प्रयोग भएको पाइन्छ । किनकि यसमा चासो राख्ने विभिन्न चिन्तक, बहिरा समुदाय र भाषाविद्को अभ्यास र प्रयोगले साङ्केतिक भाषा पनि पूर्ण भाषा हुन सक्छ भनेर जोड दिन थाले । सँगसँगै थप अनुसन्धानबाट पहिलो भाषाको रूपमा साङ्केतिक भाषा प्रयोग गर्दा बहिरा विद्यार्थीको सांस्कृतिक पहिचान र शैक्षिक उपलब्धि सुधार हुने तथ्यहरूका आधार पत्ता लगाए र दोस्रो भाषाका रूपमा लिखित भाषा हुने कुराको पुष्टि गरे । नेपालको सन्दर्भमा नेपाली साङ्केतिक भाषालाई पहिलो भाषा र लिखित÷मौखिक भाषा जस्तै : नेपाली, अङ्गे्रजीलाई दोस्रो भाषाको रूपमा प्रयोग गर्ने क्रम विकास हुँदै आएको छ ।
नेपालका प्रारम्भिक सिकाइ
नेपालमा बहिरा बालबालिकाका लागि विद्यालयमा वा अन्य स्थानमा विशेष प्रकारले साङ्केतिक, बहुभाषिक शिक्षण तथा पूर्णसञ्चार विधि र दृश्य सामग्रीको प्रयोग गर्दै र द्विभाषावादलाई अङ्गीकार गर्दै औपचारिक र अनौपचारिक दुवै विधि र प्रव्रिmयाद्वारा सिकाइ व्रिmयाकलाप गरिन्छन् । यहाँ भाषाका चार वटै सिप (सुनाइ, बोलाइ, पढाइ, लेखाइ) अपनाएर सिकाइ गर्ने साङ्ग विद्यार्थीले प्रयोग गर्ने पाठ्यव्रmम, पाठ्यपुस्तक, शैक्षिक सामग्री र मूल्याङ्कन इत्यादि शैक्षणिक गतिविधि अन्तर्गत रही केही पृथक् तथा विशेष शैलीबाट शिक्षण कार्य पूरा गर्ने चलन छ । शिक्षा क्षेत्रमा आएको नयाँ आयाम अनुसारको समाहित कक्षामा अन्य विद्यार्थीसँगै बहिरालाई पनि उपयुक्त वातावरण तयार गरी शिक्षण गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न प्रयत्न गरिँदै छ ।
शिक्षण आफैँमा एउटा प्राविधिक विषय हो । अझै त्यसले कुनै वर्ग विशेषलाई केन्द्रित गरी छुट्टै प्रव्रिmया अवलम्बन गर्दै शिक्षण व्रिmयाकलाप र विधि अपनाउनुपर्ने अवस्थामा अति प्राविधिक स्वरूप देखाउँछ । विद्यालयको कक्षा कोठाभित्र सीमित होस् वा खुला शिक्षाका सन्दर्भमा औपचारिक र अनौपचारिक जुन कुनै प्रकारका शिक्षा होस् यो बहिराहरूका लागि सान्दर्भिक नै हुन्छ तर सहजकर्ता शिक्षक सामीप्यतामा हुनु अति आवश्यक पर्छ । पाँच ज्ञानेन्द्रीयमध्ये कानको (सुनाइको) अभावबाट सिकाइमा हुने असुविधा र क्षतिको पूर्ति गर्न हेराइ वा दृष्टिशक्तिले बढी महìव राख्ने हुनाले बहिरा शिक्षामा द्विभाषीय पद्धति अन्तर्गत अवलोकन वा हेराइ सिपको भूमिका अति अनिवार्य, प्राकृतिक र अकाट्य हुन्छ ।
सुनाइ क्षमता राख्ने बालबालिकाको सिकाइ साक्षरता आवाजसँग सम्बन्धित हुँदै सुरु हुन्छ जहाँ प्रारम्भिक ध्वनि र सङ्केतको परिचय गराई सिकाइलाई गति दिइन्छ । व्रmमश सङ्गठित भाषाका रूपमा सिकाइ गर्न सिकारुले ध्वनि सङ्केतहरू ध्वनि, शब्द, वाक्य इत्यादि अंशबाट पूर्ण सिकाइ सिद्धान्त अनुसार सिक्दै जान्छन् । बहिरा बालबालिकाहरूले प्रारम्भिक ध्वनि (आवाज) को सट्टा आँखा अगाडि मानिसहरूले प्रयोग गरेका प्राकृतिक सङ्केत, सामान्य व्यवहार, हाउभाउ र मुखाकृति हेर्दै अनुमानको भरमा सिकाइ गर्दै जब विद्यालय पुग्छन्, तब औँला हिज्जे र औपचारिक साङ्केतिक भाषा प्रयोग गर्दै बल्ल तीव्र सकाइ गर्छन् । विद्यालयमा आउँदासम्मको सिकाइ पूर्ण र शुद्ध हुन सक्दैन किनभने यसका लागि भाषा तथा सिकाइ विधि महìवपूर्ण हुन्छ । जसलाई द्वैभाषावादले समेट्न सक्छ । सुनाइ क्षमता राख्नेले अक्षरको स्वर तथा आवाज विधि अन्तर्गत शब्दको उच्चारण गर्दै लेखाइको पनि अभ्यास गर्छन् । बहिरालाई यस पद्धतिबाट सिकाउँदा मुख्य धारण क्षमता (सुनाइबाट ज्ञान गर्ने) मा समस्या उत्पन्न भई स्वर वा आवाज विधि निस्काम हुन्छ । सुस्त श्रवणको सिकाइको हकमा चर्को आवाजका साथमा कुखाकृतिको निकै ठुलो महìव रहन्छ । सुनाइ क्षमता नहुनेहरूका लागि मुख्य शब्द पद्धति केही प्रतिशत उपयुक्त होला तर शब्द सङ्केत र औँला हिज्जे भने प्रथम तथा महìवपूर्ण कुरा हो । साक्षरताका लागि अर्को प्रचलित विधि भाषा अनुभव पद्धति हो र बहिराका लागि साङ्केतिक भाषामा नै आधारित रही दृश्य सामग्रीको प्रचुरतामा पूर्ण सञ्चार तथा द्विभाषीय पद्धतिद्वारा सजिलो र प्रभावकारी सिकाइ हुन सक्छ । हिजोआज आधुनिक डिजिटल (विद्युतीय) माध्यमका दृश्य सामग्री र विधि बहिरा शिक्षणका लागि धेरै रुचाइएका, उत्कृष्ट र अति आवश्यक साबित भएका छन् ।
द्विभाषीय पद्धतिको महìव
द्विभाषीय पद्धति सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीको शिक्षण पद्धति हुनाले यसबाट उक्त लक्षित वर्गले सिकाइको पहिलो र महìवपूर्ण उद्देश्य पूरा गर्ने माध्यम उपलब्ध गर्छन् । उनीहरूलाई सिकाइ गतिविधि सहज र पहुँच योग्य हुँदा विषयगत सँगै भाषाको सिकाइमा अधिकतम स्तरीयता कायम हुन्छ जुन द्विभाषीय पद्धतिमा मात्र सम्भव छ । शिक्षण सामग्री र सहायक सामग्रीको यसमा अर्थपूर्ण प्रयोग हुन्छ । प्रथम भाषा (साङ्केतिक भाषा) मा सक्षमता वृद्धि गराउनका साथै दोस्रो भाषा (नेपाली अङ्ग्रेजी इत्यादि) मा पनि सजिलै सिक्न सक्छन् । सिकाइका विषय सामान्य विद्यार्थीसरह सिक्न द्विभाषीय पद्धतिको उत्तिकै महìवपूर्ण भूमिका हुन्छ । यस्तो वातावरणले समावेशी शिक्षाको प्रवर्धनमा महìवपूर्ण स्थान राख्छ ।
बहिरा विद्यार्थीलाई सिकाइ वा विषय बोधमा द्विभाषीय पद्धतिमा हुने भाषा अनुवादले विशेष अर्थ राख्छ किनभने साङ्केतिक भाषाको आधारमा अर्को भाषा वा अर्को भाषालाई साङ्केतिक भाषामा अनुवाद गरेर बुझ्ने व्रmम यसमा हुने गर्छ । छिटो हुने सिकाइ प्रव्रिmया, बुझाइमा स्पष्टता, सञ्चारमा सहजता जस्ता गुणले द्विभाषीय पद्धतिको महìव र आवश्यकतालाई जुन कुनै पनि देशका शिक्षण संस्थाले बुझेर उपयोगमा ल्याएका छन् । यसबाट बहिरा विद्यार्थीको सिकाइमा आत्मविश्वास बढ्ने र उनीहरूको सिकाइ संस्कृतिमा टेवा पुग्ने निश्चित छ किनभने यो बहिराको शिक्षा प्राप्त गर्ने अधिकारसँग गाँसिएको विषय पनि हो । यस अनुकूलको शिक्षण सिकाइमा भाषा र विधि स्पष्ट हुँदा शैक्षिक अवसरको सदुपयोग हुन गई शैक्षिक उपलब्धि स्तरीय र सिकाइ आधार बलियो हुन्छ । बहिरा शिक्षणमा संलग्न शिक्षकलाई पनि विद्यार्थीको आवश्यकता बुझ्न र सम्बोधन गर्न सकारात्मक उत्प्रेरणा मिल्ने हुनाले द्विभाषीय पद्धतिको महìव र आवश्यकता जहाँसुकै समान रहेको स्पष्ट छ ।
निष्कर्ष
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा विद्यार्थीका लागि विद्यालय शिक्षामा शिक्षण सिकाइका व्रmममा वा सिकाइ वातावरणमा प्रयोग हुने द्विभाषीय पद्धति धेरै अनुसन्धान र प्रयोगपछिको संश्लेषणको प्रतिफलस्वरूप हाल विश्वभरि नै प्रचलनमा ल्याइएको छ । यसमा शिक्षाको साथै भाषा संस्कृतिको अधिकार एकै उद्देश्य अन्तर्गत व्यवहार हुने भएकाले बहिरा विद्यार्थी र त्यस समुदायले गर्व गर्छन् । उनीहरूमा आत्मविश्वासका साथ सिकाइ संस्कृतिमा बढोत्तरी हुने र समावेशी शिक्षाको उन्नयन तथा प्रवर्धनमा टेवा पुग्ने आधार भएकाले द्विभाषीय पध्दति आज शिक्षा क्षेत्रमा नयाँ आयामका रूपमा प्रचलनमा छ ।