राष्ट्रिय सभाका तीन सदस्यले राजीनामा दिनु भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्कीमा तीन वटै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ ।
सङ्घीय संसद् राष्ट्रिय सभाको १९ औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रिय सभाको पुरानो भवनमा सुरु भएको अधिवेशनमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गर्नुभयो ।
धनकुाटमा निर्वाचन प्रहरीका लागि कुल ११ सय २६ को आवेदन परेको छ । यो माग गरिएभन्दा ४१ जना बढीको आवेदन परेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारको टुङ्गो लगाएको छ ।
गुल्मीको मुसिकोटमा प्रसिद्ध भाटी मेलाको अवसरमा मालिका युवा क्लबको आयोजनामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका –६ को कुर्घामा मुसिकोट नगरपालिकाको समन्वय र बुटवल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो ।
नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस) ले जियोटेक्निकल मोडेल प्रतियोगिता तथा एनजिएस युवा सिम्पोजियम–२०२६ काठमाडौंको पुल्चोक क्याम्पसस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सम्पन्न गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले युवा नेता अर्जुजन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बेनीमा सञ्चालन भएको माघे सङ्क्रान्ति मेलाले म्याग्दीका स्थानीय उत्पादनको बजारीकरण र प्रवर्धनमा टेवा पुगेको छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका –७, सिवाङ झिनडाँडामा शनिबार राति धारिलो हतियार प्रयोग गरी एक युवतीको हत्या भएको छ ।
विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ । चाँदीको मूल्यमा भने केही उतारचढाव आएको छ ।
बाँके जिल्लाको पूर्वी क्षेत्रमा गत केही दिन यता पाटेबाघ र चितुवाको आतङ्क बढेको छ । जिल्लाको पूर्वमा पर्ने राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित बर्दापुर, लौकी तथा दाङको राजपुर गाउँपालिका–७ हाड्बास गाउँ क्षेत्रमा बाघ र चितुवाको आतङ्क बढेपछि स्थानीय आतङ्कति र भयभित बनेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कास्कीका तीन वटै क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । नेकपा एमालेका एक केन्द्रीय सदस्यका अनुसार कास्की क्षेत्र नम्बर १ मा बैनबहादुर अधिकारी क्षेत्री, क्षेत्र नम्बर २ मा कृष्ण थापा र तीन नम्बर क्षेत्रमा दामोदर वैरागीलाई उम्मेदवार बनाउने भएको हो ।
ट्रयाक खुलेको २५ वर्षपछि बागलुङ नगरपालिका –७ को मूलपानी–तितौरे सडक कालोपत्र भएको छ । सदरमुकाम नजिक रहे पनि लामो समयसम्म स्तरोन्नति हुन नसकेको उक्त सडक कालोपत्रे भएपछि स्थानीयवासी खुशी भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा नेकपा एमालेबाट दुवै क्षेत्रको उम्मेदवार चयन भएका छन् । प्रतिनिधि सभा–१ मा युवा नेता आङदोर्जे शेर्पा र प्रतिनिधि सभा–२ मा शेरबहादुर तामाङ उम्मेदवार बन्नुभएको छ ।